खच्चडको ट्राफिक जाममा पर्यटक

सोलुखुम्बु, चैत ३० गते । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्यटक हिड्ने बाटो र खच्चड हिड्ने बाटो एउटै हुदा समस्या हुने गरेको छ । पर्यटकीय सिजन सुरु भएकोले पर्यटकिय बाटो दुर्गन्धित हुनु, बाटोमा धुलो उडाउनु, साँघुरो बाटो जाम गर्नु, पर्यटकलाई ठेलेर घाईते बनाउनु जस्ता समस्या हुने गरेको छ ।
जिल्लाको चौरीखर्क र नाम्चे गाविस जोड्ने लार्चे घाटको पुल, लगायतको अन्य साँघुरो बाटोमा जाम हुँदा पर्यटकहरु आधा घण्टा भन्दा बढि समयसम्म रोकिने गरेका छन् । एक विदेशी लिज्जी कोल्टाई भन्नुहुन्छ– यहाको सबै सुन्दर छ । राम्रो लाग्यो तर बाटामो यो भारी बोक्ने खच्चड हिडाएको ? हामीले खच्चडलाई बाटो दिदा पनि टासिन आईपुग्दो रहेछ ।
साँघुरो बाटो, खच्चरहरुको बाक्लो आवातजावात र पर्यटकको चापका कारण बाटोमा ट्राफिक जाम हुने गरेको पर्यटक पथप्रदर्शकहरु बताउँछन् । पर्यटक गाईड पेम्बा शेर्पाका अनुसार बाटो सँघुरोमा खच्चड हिड्दा पर्यटकलाई समस्या हुने गरेको छ भने लामो पुलमा खच्चडलाई पर्खदा पर्यटकहरु घण्टौसम्म उभिन बाध्य छन् । पर्यटकहरु पनि धेरै समस्या भएको दुःखेसो पोख्छन् । अमेरिकन नागरिक लडि अर्मष्ट्रन भन्नुहुन्छ‘हामी आनन्दले बाटो पार गर्न तथा फोटो खिच्न पाईन्न । सधै त आनन्द छ जव खच्चड आउछ तव कसरी सुरक्षित रहनु भनेर तनाव सुरु हुन्छ । हामी सुरक्षित स्थानतिर रहने कोशिस गर्छाै ।’
खुम्बुको बाटोमा दैनिक सयौंको संख्यामा खच्चर संचालन हुने र पर्यटकहरुको समेत बाक्लो उपस्थिती हुने भएकोले बाटो जाम हुने गरेको हो । खुम्बु क्षेत्रमा ढुवानीको साधनको रुपमा प्रयोग गरिदै आएको खच्चडको संख्या धेरै भएको कारण बाटोमा ट्राफिक जामको समस्या देखिएको हो । यसले गर्दा पर्यटकलाई अत्यन्तै समस्या परेको पर्यटक गाईडहरुको भनाई छ । एक जना पर्यटक गाईड वादल राई भन्नुहुन्छ “खच्चरको कारण ज्यादै समस्या भयो, बाटो पाउन पनि मुस्किल र पर्यटकलाई लडाईदेला भन्ने डरपनि” ।
पर्यकिय सिजन छोटो हुने भएकोले उक्त समयमा पर्यटकिय मार्ग हुदै खच्चड नहिडाईदिन पर्यटन व्यवशायीहरुको माग रहेको छ ।


विमान स्थल साँघुरो हुदा होटल र विद्यालयको मैदानमा अवतरण हुदै हेलीकोप्टर


पाँच दशक यता मागेको पैसाले बाटो बनाउदै पासाङ

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.