पत्रकार नुतन श्रेष्ठका गीत बजारमा

सोलुखुम्बु, बैसाख १ गते । विगत एक दशकदेखि पत्रकारिता पेशमा सकृय नुतन श्रेष्ठको गीति एल्बम बजारमा आएको छ । सोलुखुम्बुका पत्रकार श्रेष्ठको ‘सोलु खोला तरेर आज’ भन्ने गित आज नयाँ वर्षको अवशरमा सार्वजानिक भएको हो ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आज एक कार्यक्रमका विच प्रदेश नं १ का साँसद बुद्धि कुमार राजभण्डारीले सार्वजानिक गर्नु भएको हो । उक्त गितमा सुधिर प्रधानको शब्द तथा जसिहाङ राईको संगित रहेको गायक श्रेष्ठले बताउनु भयो ।
सोलुखुम्बुको सबै परिचय गितभित्र रहेको गितकार तथा पत्रकार नुतन श्रेष्ठले बताउनु भयो । गायक श्रेष्ठ प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सोलु एफ.एमका कार्यकारी निर्देशक हुन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *