नयाँ वर्षको सुरुवातमा देवर–भाउजु, साली–भिनाजु सिस्नो – पानी हानाहान

अछाम – नयाँ वर्षको सुरुवातसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ ।

सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने प्रचलन प्रदेश नम्बर ७ का पहाडी जिल्लामा छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

पहाडी जिल्ला अछाम, डोटी, डडेल्धुरा बझाङ, बाजुरा र बैतडीमा बैशाख १ गते धुमधामले बिसु पर्व मनाइन्छ ।

समाचारमा लेखिएको छ, बिसु पर्वमा देवर–भाउजु, नन्द–भाउजु, साली–भिनाजुले एक–अर्कोलाई सिस्नोले हान्ने चलन छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.