भीआईपीको घरमा नियम विपरीत सुरक्षाकर्मी

काठमाडौं – पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै आफ्ना घरमा मनपर्दी ढंगले सुरक्षाकर्मी राखेका छन् ।

सरकारले बनाएको विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधि विपरीत पूर्वभीआईपीले सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मी सुरक्षामा राखेका हुन् ।

राज्यकोषबाट तलब सुविधा लिएर मुलुकको सुरक्षामा तैनाथ हुनुपर्ने सयौं सुरक्षार्की पहुँच र शक्तिका आधारमा भीआईपीकहाँ बसिरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

विगतमा सुरक्षा अवस्था गम्भीर हुँदा राखिएका सुरक्षाकर्मी अहिले सुरक्षा थ्रेट नहुँदा र राजनीतिक स्थितरतासहितको शान्ति कायम भइसक्दा पनि ठूलो संख्यामा भीआईपीकहाँ रहँदै आएका हुन् ।

कतिपयले सुरक्षाकर्मीलाई घरायसी कामममा लगाउने गरेको गृह मन्त्रालय स्रोतको दाबी छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाहेक सबै पूर्वप्रधानमन्त्री, गृहमन्त्री र पूर्वपदाधिकारी तथा बहालवाला अधकारीले पनि घरमा दर्जनौं सुरक्षाकर्मी राखेको गृहमन्त्राले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.