सोलुखुम्बु बन्यो पुर्ण खोप सुनिश्चितता जिल्ला

सोलुखुम्बु, बैसाख २ गते । सोलुखुम्बुलाई आईतबार ४२ औ पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । सदरमुुकाममा भव्य ¥याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हेमकुमार राई ‘सुरविर’ले सोलुखुम्बुलाई पुर्ण खोप सनिश्चिता घोषणा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी हेमकुमार राईले जिल्लाको विकासको सुचकको रुपमा पुर्ण खोप युक्त जिल्ला बनेकोमा सम्पुर्ण सोलुखुम्बु बासीलाई बधाई दिनुभयो । राजनीतिक विषयहरुमा बोल्दै उहाले शान्ति, स्थायित्व र समृद्धिका लागि आफ्नो तर्फबाट काम गरीरहेको उल्लेख गर्नुभयो ।
संघियता कार्यान्वयनका अभ्यासका क्रममा रहेकाले थुप्रै चुनौती रहेपनि यस्लाई अवसरमा परिणत गर्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले जनप्रतिनिधि तथा कर्मचारी बीच सुमधुर सम्वन्धको विकास हुन जरुरी रहेको बताउनुभयो । कम जनशक्ति भएपनि सही ढंगबाट परिचालन गर्न सके धेरै कार्य सम्पादन गर्न सकिने भएकाले यस विषयमा ध्यान दिन कर्मचारी व्यवस्थापन समितिलाई निर्देशन दिनुभएको छ । उहाँले कानुन निमार्ण भएपछि स्थानीय तहमा कार्यासम्पादनका क्रममा आएका समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
सोलुखुम्बुु प्रदेश सभा ख का सांसद एवं प्रदेश नं १ नेकपा एमालेका प्रमुख सचेतक वुद्धिकुमारराज भण्डारीले नयाँ बर्षको सुरुवात राम्रो कामबाट भएको बताउनुभएको छ । उहाँले संघियता कार्यान्वयनमा एकजुट भएर पार्टीगत रुपमा नभई जनपक्षिय रुपमा काम गर्न आब्हान गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले पुर्ण खोपको अभियानमा १ हजार ९ सय २४ जना बालबालिकाहरुलाई खोप दिएको छ । पुर्णखोप अभियानका क्रममा सहयोग गर्ने महिला स्वयमसेविका, स्वास्थ्यकर्मी, स्वास्थ्यका विषयमा काम गर्ने निकायहरु पनि कार्यक्रममा सहभागि थिए । स्थानीय वडा तहबाट सुरु भएको कार्यक्रम जिल्ला तहसम्म आइपुगेको र त्यसलाई मन्त्रालयको कडा निगरानीबाट पास गरेपछि जिल्ला पुर्णखोप युक्त बनेको जिल्ला स्वास्थ्य प्रमुख तथा खोप समन्वय समितिका सदस्य सचिब डा मिंमार छिरीङ शेर्पाले जानकारी दिनभयो ।
आर्थिक बर्ष २०७४ सालबाट सुरु भएको पुर्ण खोप कार्यक्रम साविक तिंला गाविसबाट सुरु भएको थियो । कार्यक्रममा बोल्ने विभिन्न ब्यक्तीहरुले जिल्लाका शिशु तथा बालबालिकाहरु खोपबाट छुट्न नहुनेमा जोड दिदै यस्लाई दिगो रुप दिन चुनौती रहेको बताए ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्यकर्मी लगाएतले जिल्लाको विकास र समृद्धिका लागि अहिलेका बालबालिकाहरुको स्वास्थ्यमा ध्यान दिन आबस्यक रहेको बताएका थिए ।
कार्याक्रममा सहभागीहरुले सोलुखुम्बु जिल्ला पुर्णखोपयुक्त जिल्ला भएकोमा खुशी ब्यक्त गरेका थिए । जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य राई सगँै प्रदेश सभा सदस्य वुद्धिकुमार राजभण्डारी, राष्ट्रिय खोप समन्वय समितिको सचिवालयका प्रतिनिधि, जिल्लाका सम्पुर्ण स्थानीय तहका प्रमुख, सरकारी कार्यालय प्रमुख एवं प्रतिनीधि, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *