दबाबमा रहेका बेन्जेमामाथि जिदानको विश्वास

बैशाख ३,म्याड्रिड (एजेन्सी)– यो सिजन रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाका लागि सुखद रहेन । उनी गोलका लागि संघर्ष गरिरहेका छन्, यद्दपी सफलता भने मिलेको छैन । त्यसका वावजुद उनका प्रशिक्षक जिनेदिन जिदानले उनी प्रतिको विश्वासलाई भने कायम राखेका छन् ।

ला लिगामा आइतबार मालागाविरुद्ध रियलले २–१ जित निकाल्दा बेन्जेमाले गोलको खडेरी तोड्न सकेनन् । यो सिजन मात्र ५ गोल मात्र गरेका कारण आफ्नो स्थान सुरक्षित गर्न पनि उनलाई कठिन भइरहेको छ ।

तथापी जिदान भने उनले उच्च प्रदर्शनका लागि प्रयास गरिरहेको जनाउँदै खेलाडीको हौसला बढाइरहेका छन् । ‘उनी स्कोरका लागि भोका छन्, त्यसका लागि उनले कोशिस पनि गरेका छन्,’ जिदानले भने, ‘खाली उनी गोल गर्न सफल भएका छैनन् । तर पनि प्रयासरत छन् । यो सिजन उनका लागि निकै कठिन रह्यो ।’

आइतबारको जित खास गरि मालागाका पूर्व खेलाडी इस्कोका लागि स्मरण योग्य रह्यो । फ्रिकिकमार्फत रियलका लागि पहिलो गोल गरेका इस्कोले कासिमारोको गोलका लागि पास मिलाइदिएका छन् । जिदानले पनि २५ वर्षे इस्कोको तारिफ गरे ।

‘उनको प्रदर्शन उत्कृष्ट थियो । यो उनको ठाँउ हो । यहाँ उनको प्रदर्शनले म र हाम्रो टोली रोमाञ्चित भएका छौं,’ जिदानले भने, ‘जहाँ उनी हुर्के त्यहाँ यस्तो प्रदर्शन सम्मानजनक थियो । उनी मालागाका महत्वपूर्ण खेलाडी थिए, अहिले उनी रियलका लागि अर्थपूर्ण छन् ।’

मालागाको जितसँगै रियलमा २८ महिनाको दौरानमा जिदानको जितसंख्या १ सय खेल पुगेको छ । रियल ६७ अंकसहित तेस्रो स्थानमा उक्लेपछि शीर्षस्थानको बार्सिलोना भन्दा १५ अंकले पछाडि छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.