पत्नी बियोगमा रहेका मदनकृष्णको पुण्य काम

३ बैशाख, हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ यतिबेला पत्नी बियोगको पीडामा छन् । तर उनले आफुलाई सम्हालेर अघि बढ्ने प्रयास गरिरहेका छन् । आईतबार बाँकेको कोहलपुरमा समता स्कुलको भर्ना अभियानमा सहभागी हुन पुगेका मदनकृष्णले पत्नी यशोदालाई गुमाउनुको पीडा साटे ।

उनले पत्नी गुमाएको शोकमै सामाजिक कामको घोषणा पनि गरेका छन् । उनले स्वर्गीय पत्नी यशोदाको नाममा ५ जना र आफ्नो नामबाट १ जना बिद्यार्थीलाई उच्च शिक्षा सम्मको खर्च बेहोर्ने घोषणा गरेका छन् । श्रेष्ठ परिवारले कृति गन्धर्व, निशा परियार, वर्षा गन्धर्व, टिका सुनार, सुमित्रा परियार र कृतिका परिवारलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

यहि कार्यक्रममा सहभागी हरिवंश आचार्यले पनि स्वर्गीय पत्नी मिरा, पत्नी रमिला र आफ्नो नामबाट २ बिद्यार्थीलाई उच्च शिक्षा सम्म छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् । हरिले पुष्पा परियार र सुजाता बिकलाई उच्च शिक्षा सम्म आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै हरिवंशले आफूहरु शिक्षालाई समान रुपमा जनतामाझ पुर्याउने अभियानलाई साथ दिन कोहलपुर पुगेको बताए

-gufgaf.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.