टर्मिनल भवन साँघुरो

सोलुखुम्बु, बैसाख ४ गते । सोलुखुम्बुको व्यस्त विमान् स्थल लुक्लाको टर्मिनल भवन साँघुरो हुदा समस्या भएको छ । विमान स्थलको क्षेत्रफल सानो भएपछि टर्मिनल भवन पनि साँघुरो भएको नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाले जनाएको छ । नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुवँरका अनुसार साँघुरो हुदा पर्यटकहरु मारमा परेका छन् ।
पर्यटकिस सिजन सुरु भएकोले दैनिक हजारौको हाराहारीमा पर्यटकहरु आउने र जाने गर्दछन् । त्यस्तै त्यस्तै मात्रामा खाद्यान्न सामाग्रीहरु पनि ढुवानी हुने गरेको छ । भवन र खुल्ला स्थान सानो हुदा पर्यटक र व्यवशायी दुवैलाई समस्या हुने गरेको बताउछन् । स्थानीय व्यवशायी सेर्की शेर्पाका अनुसार कार्गाे गरिएको सामान व्यवस्थापन गर्ने ठाउ समेत नहुदा हराउने तथा अरुकोसँग मिसिने समस्या हुने गरेको छ । पर्यटकहरुलाई सिजनको बेला उभिने ठाउ समेत समस्या हुने गरेको पर्यटन व्यवशायीहरु बताउछन् ।
नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाका अनुसार ठाउ नभएकोले टर्मिनल भवनको तला थप्ने प्रक्रिया सुरु भएको छ । दुई तले उक्त भवनको तला थपेर समस्याको समाधान गर्नको लागि टेन्डर आव्हान भईसकेको ेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुवँरले बताउनु भयो । सोलुखुम्बुको माथिल्लो क्षेत्रको एक मात्र माध्यम हवाईजहाज भएकोले पर्यटक, स्थानीय कर्मचारीको आवजतजावतको माध्यम र खाद्यान्न, व्यवशायीक कारोबारका समाग्री ढुवानीको माध्यम विमान स्थल भएकोले पर्यटकिय सिजनमा समस्या भएको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *