‘लिलिबिली’ पाईरेसीको मारमा, आयो फेसबुकमा

५ बैशाख-मिलन चाम्सको निर्देशन रहेको सिनेमा ‘लिलिबिली’ पाईरेसीको मारमा परेको छ । सिनेमा हलबाट मोबाईलमा खिचेर सामाजिक सञ्जाल फेसबुकमा सिनेमा अपलोड गरिएको निर्देशक चाम्सले जानकारी दिएका छन् ।

शुरुमा ५ र १० मिनेटका छोटा–छोटा सिनेमाका अंशहरु अपलोड गरिएको भएतापनि पछि पूरै सिनेमा अपलोड गरिएको थियो ।
सिनेमा सामाजिक सञ्जालमा आएपछि तत्काल सो भिडियो हटाईएको भएतापनि पाईरेसी गर्ने विरुद्ध कडा कानुनी कारबाही गरिने निर्देशक चाम्सले बताएका छन् ।

हाल उक्त भिडियो अपलोड गर्ने ईमेल अकाउण्ट पत्ता लगाएपनि व्यक्तिको नाम भने खुलाईएको छ । शो भिडियो नेपालबाटै हालिएको निर्देशकले बताएका छन् ।

चैत्र ३० गते देखि प्रदर्शनमा आएको यस सिनेमामा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, सविन श्रेष्ठ,अनुप विक्रम शाही लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो सिनेमाको अधिकांश छायाकंन स्कटल्याण्डमा गरिएको हो । सिनेमाले शुरुवात देखि नै सुखद कारोबार गरिरहेको छ ।

कपीराइट ऐन २०५९ को दफा २५ मा २५ हजारदेखि १ लाख तिराउन सकिन्छ । त्यस्तै सोही ऐनको धारा २७ र २८ बमोजिम साइबर अपराध अन्र्तगत पनि कारवाही गर्न सकिन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *