आरोहीको संख्या घट्यो

सोलुखुम्बु, बैसाख ८ गते । सगरमाथा आरोहण गर्ने आराहीको संख्खया यस वर्ष घटेको छ । गत वर्षकाु तुलानमा यस वर्ष घटेको पर्यटन विभागका सुचना अधिकारी तथा निर्देशक राम प्रसाद सापकोटाले जानकारी दिनु भयो ।
गत वर्षको आरोहण सिजनमा ३ सय ७७ जना आरोहीले सगरमाथा आरोहण गरेका थिए भने यस वर्ष ३४ समुहका ३ सय ४६ जना मात्र सगरमाथा आरोहण गर्न सगरमाथाको आधार शिविर पुगेको पर्यटन विभागका सगरमाथा आरोहण दल सम्पर्क अधिकृत सुविर श्रेष्ठले बताउनु भयो । सुचना विभागका अनुसार ३ सय ४६ आरोहीमा ४ सुमहका २० जना नेपाली तथा ३४ समुहका ३२६ विदेशी आरोही रहेका छन् ।
यस्तै ल्होत्से हिमाल आरोणका लागि ९ समुहका ९४ जना र नुप्त्से हिमाल आरोणका लागि २ समुहका २६ जना आरोहण दलका सदस्य रहेका छन् । सगरमाथा प्रदुषण तथा नियन्त्रण समिति (एसपीसीसी) नाम्चेका अनुसार सबै समुहले एसपिसिसीमा दर्ता गराईसकेका छन् भने अधिकाँश आधार शिविर तर्फ लागेका छन् । अहिले तीन वटा हिमाल आरोहणका लागि एउटै आधार शिविर प्रयोग गर्ने गरिएको छ ।
तीन वटा हिमाल अरोहण गर्ने टोलीको एकै ठाउँ आधार शिविर भएकोले अहिले सगरमाथा आधारशिविरमा नुप्चेको २ समुह, लोत्सेको ९ समुह र सगरमाथाको ३४ समुह गरि ४५ समुहका ४ सय ६६ जना आरोही आधारशिविर पुगेका छन् भने उनीहरुका सहयोगी, भान्छे, भरिया, आईसफल डाक्टर, प्रत्येक समुहका एक÷एक जना सम्पर्क अधिकृत गरि हजार भन्दा बढिको सँख्यामा आधार शिविर पुगेको एसपिसिसिले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.