रुद्राक्ष मोहले कोहि बसाई सरे कसैले खेति थाले

सोलुखुम्बु, बैसाख ९ गते । रुद्राक्षप्रति आकर्षित भएपछि सोलुखुम्बुको एकै गाउका दर्जनौ बासिन्दा बसाई सरेका छन् भने सयौले गाउँ मै रुद्राक्ष खेति सुरु गरेका छन् । सोलुखुम्बुको महाकुलुङ ५ चाचालुङका बासिन्दाहरु रुद्राक्षप्रतिको आर्कषणले रुद्राक्ष उत्पादन हुने क्षेत्र (भोजपुर र संखुवासभा) बसाई सरेर गएका छन् भने त्यहि गाउमा बस्नेले पनि रुद्राक्ष खेति सुरु गरेका हुन् ।
महाकुलुङ ५ का राम प्रसाद राई बसाई सरेर भोजपुर जानुभएको छ भने उहाकै भाई सञ्चकुविर राईले गाउ मै रुद्राक्ष खेति थाल्नु भएको छ । भाई सञ्भकुविर राईका अनुसार रुद्राक्ष एउटा फल हो । जस्तो मुखाकार गनेर मुल्य निर्धारण गर्ने गरिन्छ । भोजपुर र संखुवासभामा यस्तो खेति पुहिलेदेखि नै सुरु भएकोले दाई उतै बस्नेगरि जानु भयो । दाईले परिक्षण गर भनेर पठाउनु भएको डेढ सय जति विरुवा रोपेर यतै बसेको छु । राईका अनुसार रुद्राक्ष प्राायः पाँचमुखे फल्ने गरेको त्यसको मुल्य खासै नभएपनि जति मुखे बढ्दै जान्छ त्यति महँगो मुल्यमा विक्री हुने गरेको छ । जस्मा पनि विजोडी मुखेको मुल्य धेरै रहेको छ ।
सोहि गाउका लाक कुविर राई पनि परिवारै भोजपुर बसाई सरेर रुद्राक्षखेति गर्न थाल्नु भएको राईले टेलीफोन मार्फत जानकारी दिनुभयो । त्यस्तै सोहि गाउका जित्नसँकर राई, मकर बहादुर राई लागायत दर्जनौ बसाई सरेर गएको स्थानीय सञ्चराज राई बताउनुहुन्छ । उहाहरु सबै त्यहि रुद्राक्षको मुल्य थाहा पाएर नै फल्ने क्षेत भोजपुर बसाई सरेर गएका हुन् ।
महाकुलुङ गाउपालिको तथ्याङ्क अनुसार त्यस क्षेत्रबाट बसाई सरेर जानको संख्या धेरै रहेको भएपनि के कारणले गएको बारेमा कार्यालयलाई जानकारी नभएको महाकुलुङ गाउपालिकाले जनाएको छ । गाउ छोडेर जानेहरु गईसके भने गाउमै बस्नेहरु पनि रुद्राक्षखेति प्रति उत्शाहित रहेका छन् । महाकुलुङ ५ का नरेन्द्र बहादुर राईले अहिले गाउ नै रुद्राक्षको नर्सरी फारम नै खोल्नु भएको बताउनु भयो । गाउमा वार्षिक ३ हजारको हाराहारीमा माग हुन थालेपनि तीनवर्ष देखि गाउमै नर्सरी उत्पादन गर्न थाल्नु भएको राईले बताउनु भयो ।
त्यस्तै सोलुखुम्बुको सोताङमा पहिलो पटक रुद्राक्ष फल लाग्न थालेको छ । फल लाग्न थालेपनि सबै फलको राम्रो मुल्य नहुने तर राम्रो राम्रो मुखे फल्दा एउटै दानाको लाखौ रुपैया पर्ने भएकोले सोलुखुम्बुका कृषकहरु राम्रो मुखेको आशामा रुद्राक्षखेति तर्फ आकर्षित हुन थालेको पाईएको हो । सोलुखुम्बुको महाकुलुङ क्षेत्रमा राम्रो मुल्य पर्ने खेति अन्र्तगत अलैची घरघरै उत्पादन भईरहेको छ भने पछिल्लो समय धेरैले रुद्राक्ष खेति पनि थालनी गरेको स्थानीय दिल बहादुर राईले बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.