​ओली र प्रचण्डको संयुक्त घोषणा

काठमाडौं, वैशाख ९ – पार्टी एकताको सन्देश दिन काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा ब्रेक नलाग्ने बताउनुभएको छ । अब कुनै पनि हालतमा पार्टी एकता भएरै छाड्ने र त्यो सम्मानजक, न्यायोचित अनि समानताको आधारमा हुने पनि दाबी गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, ‘विगतमा प्रचण्डले पनि मलाई केही भन्नुभयाे होला अनि मैले पनि उहाँलाई के–के भनेहोला, तर अब हामी एक ठाउँमा छौं, विगत बिर्सेर हामीले एक हुने घोषणा गरिसकेका छौं, अब हामी अघि जाने गाडीमा चडिसक्यौं पछाडि फर्कने ठाउँ छैन ।’
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई भाड्न धेरै षड्यन्त्र भैरहेको तर यसलाई पञ्छाएर अघि बढ्ने जानकारी दिनुभयो । ‘एकताको मिति तोक्यो भने विभिन्न षड्यन्त्र हुँदा रहेछन, त्यसैले हामीले पहिले मिति नै नताेकी ड्याम्मै एकता गर्ने हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टी मिल्नुको विकल्प नरहेको बताउनुभएको हाे । प्रधानमन्त्री ओलीले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेकको विकल्प नभएको दाबी गर्नुभयाे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मानजनक, समानता र न्यायोचित तरिकाले पार्टी एकता हुनुपर्नेमा जोड दिनुभयो । विस्तृत शान्ति सम्झौतादेखि नै एमालेसँग एकताको कुरा चले पनि अहिले आएर त्यसले पूर्णता पाउने क्रममा रहेको उहाँले प्रष्ट पार्नुभयो ।
ठूलो प्रक्रियामा भएका केही असमझदारीहरुलाई लिएर एमाले र माओवादीबीच एकीकरण हुँदैन कि भनी टिप्पणी नगर्न पनि प्रचण्डको आग्रह छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.