विश्वकै वृद्ध महिलाको ११७ वर्षको उमेरमा निधन

एजेन्सी- बैशाख ९,टोकियो-विश्वकै वृद्ध महिलाको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको दक्षिणी सहर किकाइका एक अधिकारीले नाबी ताजिमाको शनिबार रातटी असपतालामा मृत्यू भएको बताएका हुन् । उनलाई जनवरीदेखि अस्पतालमा भर्ना गरिएको थियो ।
ताजिमाको जन्म सन् १९०० को अगस्ट ४ मा भएको थियो । उनको १६० सन्तान छन् । यसमा उनको जतानीसम्म रहेका छन् ।
उनलाई ७ महिना अगाडि मात्रै विश्वकै पाको उमेरका मानिसको रुपमा घोषणा गरिएको थियो । जमैकामा भ्वाइलेट ब्राउनकोको ११७ वर्षको उमेरमा निधन भएपछि उनी विश्वकै पाको उमेरको मानिसको रुपमा रहेकी थिइन् ।
यो महिनाको सुरुमा विश्वकै वृद्ध पुरुषको रुपमा गिनिज बुक अफ वल्र्डले ११२ वर्षिय मासाजो नोनाकालाई प्रमाणि गरेको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.