सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताएका छन् । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथालगायत नेपालका उच्च हिमश्रृंखला जलवायु परिवर्तनको असर देखा पर्ने थालेकामा चिन्ता व्यक्त गर्दै भने, “संसारका ठूला देशका कारण भएको कार्बन उत्सर्जनको असर नेपालका हिमालमा देखिनु दुःखद कुरा हो ।”

सगरमाथा सफा हुन महासागरको सफाइमा समेत ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा खाद्य पदार्थका खोल, प्लाष्टिकजन्य पदार्थ फालेर सगरमाथाको प्राकृतिक स्वरुपलाई कुरुप बनाउन नहुनेमा जोड दिए । उनले पासाङ ल्हामु शेर्पा नेपाली महिलाका प्रेरणाकी स्रोत र साहसी भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा असंख्य हिमाल रहेको बताउँदै तिनको संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले भने, “हाम्रा हिमाललाई संरक्षण गर्नुपर्छ । नेपालको पर्यटनमा यिनै हिमाली दृष्यको योगदान अथाह छ ।”

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.