वसन्त ऋतुमा छ सय अन्ठानब्बे जनाले पर्वतारोहण गर्दै

सगरमाथामा तीन सय चौसठ्ठी


कुम्भराज राई
ओखलढुंगा– हिमाल आरोहणका लागि वसन्त ऋतु सबैभन्दा उत्तम मौसम हो । यो मौसममा यसवर्ष कुल ६ सय ९८ पर्वतारोही आरोहणको तयारीमा छन् । यो नै अन्तिम संख्या भने होइन । तर आरोहण सिजन अनुसार अनुमति लिनेको संख्या अन्तिम चरणमा पुगेको पर्यटन विभागले जनाएको छ ।
नेपालभरिका विभिन्न २३ हिमाल आरोहण गर्न ८४ समूहले अनुमति लिएका छन् । त्यसमध्ये सगरमाथा आरोहणका लागि ३८ समूहको ३ सय ६४ आरोही छन् । गतसाल गर्मी र जाडो दुवै मौसममा गरि कुल ३ सय ६६ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यसवर्ष अनुमति लिएका ३८ समूह मध्ये ४ समूह नेपालीको आरोहीको छ । चार समूहमा जम्मा २० आरोही नेपाली छन् ।
त्यसैगरि आमादब्लमका लागि ४ समूहमा २८ जनाले अनुमति लिएका छन् । अन्नपूर्णमा एक समहूको एकजनाले मात्र अनुमति लिएका छन् । कञ्चनजंघामा पा“च समूहका ४४ जनाले अनुमति लिएका छन् । ल्होत्सेमा नौ समूहका ९६ जना छन् । मकालुमा तीन समूहको २७ जना, मकालु सेकेन्डमा एक समूह ९ जना छन् ।
मनास्लुमा एक समूहको ८ जना, नुप्त्सेमा दुई समूह २६ जना पर्वतारोही छन् । बा“की अनुमति अन्य स–साना शिखरहरुका लागि लिनेहरुको रहेको पर्यटन विभाग पर्वतारोहण शाखाका कर्मचारी रामेश्वर निरौलाले बताए । आरोहणका लागि अनुमति लिएका अधिकांश पर्वतारोहण समूहलाई अभिमूखीकरण दिएर पठाईसकिएको उनले बताए ।
अनुमति लिने आरोहीको संख्या थोरै देखिएपनि सहयोगी सहित गरेर दोब्बर भन्दा बढीले आरोहण गर्ने गर्छन् । उनीहरुलाई पनि उच्च भुभागमा काम गर्ने कामदारको प्रमाणपत्र दिने चलन छ । तुलनात्मक रुपले सगरमाथा आरोहण गर्नेको संख्या वर्षेनी बढेको छ । भुकम्प पश्चात हिमाल आरोहण गर्नेको संख्या वर्षेनी बढ्न थालेको हो ।
अनुमति लिएका अधिकांश पर्वतारोही पर्वतारोहणका लागि बाटो लागिसकेका छन् । अबको एक महिनाभित्र हिमाल आरोहण धमाधम भईसक्नेछ । सगरमाथा आधारशिविर देखि दोश्रो क्याम्प सम्मको बाटो खोल्ने काम भईरहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *