छिटो उठ्न नसक्ने गाउँकी छोरी तरकारीवाली

उनी अर्थात कुशुम श्रेष्ठ तरकारीवालीको नामले भाइरल भएकी युवती हुन् । तस्बिर भाइरल भएपछि सबैतिर चिनिएकी उनी ‘लम्फू’ चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दैछिन् । यहि वैशाख २८ गते देखि प्रदर्शनमा आउने यो चलचित्रमा उनी श मुख्य भूमिकामै प्रस्तुत हुँदैछिन् । चलचित्रको अहिले प्रचारप्रसार भइरहदा उनको पनि चर्चा चल्न थालेको छ । प्रस्तुत छ उनै कुशुमसँग गरिएको कुराकानी ।

फिल्मी यात्रा सुरु गर्दे गर्दा कस्तो लागिरहेछ ?

रमाइलो लागिरहेको छ । एक्साइटेड छु । ‘लम्फु’ मेरो डेब्यु चलचित्र हो । भग्यले साथ देला भन्ने छ । चलचित्र राम्रो बनेको छ । राम्रै चल्छ होला भन्ने लागेको छ ।

राम्री बन्न कत्तिको मिहेनत गर्नुहुन्छ ?

अहिलेसम्म त्यस्तो केयर गर्ने गरेकी छैन । सिम्पल भएर हिँड्न रुचाउने केटी हुँ । आँखामा गाजल, ओठमा लिपिस्टिक र गालामा क्रिम पाउडर लगाउन भने छुटाउँदिन ।

फिटनेसतिर कत्तिको ध्यान दिनुहुन्छ ?

म गाउँमा हुर्किएकी छोरी हुँ । त्यसैले घरको कामले नै मेरो एक्सरसाइज हुने गरेको छ ।

ट्राभल गर्न कत्तिको मनपर्छ ?

एकदम मनपर्छ । भ्रमण मेरो अर्काे रुचिको विषय हो । प्राकृतिक सौन्दर्यले भरिएको नयाँ ठाउँ घुम्न मनपर्छ ।

आफ्नो आफैलाई नराम्रो लाग्ने बानी ?

मानिस भएपछि राम्रो र नराम्रो बानी दुवै हुन्छ । आफैले भन्नुपर्दा ढिलो उठ्ने मेरो नराम्रो बानी छ । किन किन म बिहान छिटो उठ्नै सक्दिनँ ।

तपाईको खास लक्ष्य के हो ?

अभिनयमा पाइला राखेकी छु । हेरौं कत्तिको मन पराउनुहुन्छ । सफल बनेर अभिनेत्रीका रूपमा सबै माझ परिचित हुने लक्ष्य छ ।

तपाईलाइ मन पर्ने हिरो ?

आर्यन सिग्देल, पल शाह, प्रदीप खड्का, अनमोल केसी प्राय सबै मनपर्छ ।

-गफगाफ डाटकम

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.