विद्यालयलाई चार दर्जन ल्यापटप उपहार

सोलुखुम्बु, बैसाख १२ गते । सोलुखुम्बुको छेस्काम माध्यमिक विद्यालयलाई लाखौ रुपैया बराबरको ४ दर्जन ल्यापटप उपहार प्राप्त भएको छ । विद्यार्थीहरुलाई कम्प्युर शिक्षाको लागि एक विदेशी नागरिकले सहयोग गरेको विद्यालयका प्रधानाध्यपक गुरु प्रसाद राईले बताउनु भयो ।
विद्यालयका प्रधानाध्यपक गुरुप्रसाद राईका अनुसार क्यनेडियन नागरिक मेरी कृष्टिलेरोसले छेस्काम माध्यमिक विद्यालयलाई ४८ थान डेल कम्पनीको ल्यापटप हस्तान्तराण गर्नुभएको विद्यालयले जनाएको छ । विगत लामो समयदेखि विद्यालयलाई विभिन्न प्रकारका शैक्षिक सामाग्री उपलब्ध गराउदै आउनु भएका क्यनेडियन नागरिक मेरी कृष्टिलेरोसले यस शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्नेगरि कम्प्युटर उपलब्ध गराएको विद्यालयका प्रधानाध्यपक राईले बताउनु भयो । हालसम्म कम्प्युटरको कक्षामा विषयगत पढाई मात्र गर्दै आएको छेस्काम माध्यमिक विद्यालयले यस शैक्षिक सत्रबाट प्रयोगात्मक कक्षा पनि सञ्चालन गर्ने जनाएको छ । प्रधानाध्यपक राई भन्नुहुन्छ‘४८ थान ल्यापटप आईसकेर जडानको काम सम्पन्न भईसकेको छ । अव छिटै कक्षा पनि सञ्चालन गर्छाै ।’
शैक्षिक सत्रको कक्षा सुरुभएसँगै कम्प्युटर कक्षा सञ्चालनको लागि सबै व्यवस्थापनको काम सम्पन्न भएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार प्रत्येक कम्प्युटरमा ईन्टरनेटको व्यवस्था पनि विद्यालयले गरिसकेको छ । प्रधानाध्यपक राईका अनुसार एभरेट लिङ्कले निःशुल्क ईन्टरनेट पनि जडान गरिदिएको छ । एभरेष्ट लिङ्कका आईटी लफिसर भोला बस्नेतका अनुसार विद्यालले कम्प्युटर कक्षा सञ्चालनको लागि माग गरेकोले एभरेष्ट लिङ्कले ईन्टरनेटको व्यवस्था गरिएको हो ।
जिल्लाको सबैभन्दा विकटको माध्यमिक विद्यालयको रुपमा परिचित उक्त माध्यमिक विद्यालयमा सहयोग प्राप्त भएपछि विद्यार्थीहरु पनि खुशी भएका छन् । कम्प्युटर कक्षा विद्यालयले कक्षामा नै दिने भएपछि विद्यार्थीहरु खुशी भएका हुन् । कक्षा ६ देखि माथिका विद्यार्थीहरुले मात्र प्रयोगात्मक कक्षामा सहभागि हुन पाउने विद्यालयले जनाएको छ ।


हिमाली जिल्ला सोलुमा नयाँ शैक्षिक सत्रको पुस्तक पुग्यो

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.