विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा: क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अझै हुन सकेन

काठमाडौँ । विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको छ । तर, क्षतिग्रस्ता संरचनाको पुनर्निर्माण कार्य अझै अघि बढ्न सकेको छैन ।
भूकम्पको तीन वर्षमा पीडितको घर मात्र होइन ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा समेत निर्माण हुन सकेका छैनन् । रानीपोखरी पुनर्निर्माण विवादका कारण अझै अघि बढ्न सकेको छैन ।

काठमाडौं उपत्यकासहित ३० जिल्लाका प्राचीन स्मारक एवं पुरातात्विक सम्पदामा भूकम्पले क्षति गरेको हो । भूकम्पले काठमाडौंमा २ सय ५०, ललितपुरमा १ सय ३० र भक्तपुरमा ८० गरी ४ सय ६० सांस्कृतिक सम्पदा भत्किएका थिए । विश्व सम्पदा सूचीमा सूचीकृतमध्येका १ सय ४० सम्पदा क्षतिग्रस्त रहेकोमा अहिलेसम्म ३१ वटा सम्पदाको मात्रै पुनर्निर्माणको काम सकिएको छ ।

हालसम्म पुनर्निर्माणमा १ खर्ब १९ अर्ब रुपैयाँ खर्च भएको छ भने अझै १ खर्ब ६० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । अहिलेसम्म ठूलो हिस्सा नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च भएको छ । दाताहरुले प्रतिवद्धता जनाएको रकम समेत प्राप्त नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार दाताबाट हालसम्म ६० अर्ब रकम प्राप्त भएपनि २ खर्ब ८३ अर्ब अझै आउन सकेको छैन । भारतले एक खर्ब ४० अर्ब रुपैयाँ प्रतिवद्धता जनाएपनि एक खर्बको सम्झौता भएको थियो । जसमध्ये पाँच अर्ब २० करोड मात्र रकम प्राप्त भएको छ ।

चीनले ७६ अर्ब दिने सम्झौता गरेको भएपनि ५३ करोड रुपैयाँ मात्र प्राप्त भएको छ । अन्य दातृ निकायको पनि प्रतिवद्धता र सम्झौता बमोजिमको पनि रकम आउन सकेको छैन ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *