सगरमाथा हेर्दै कविता

कुम्भराज राई
सोलुखुम्बु– नया“ वर्षको उल्लासमय वातावरण । पारिलो घाममा चिसो सिरसिरे बतास । शनिबार यहाको दुधकुण्ड नगरपालिका ८, गौरीटाप डाडामा रमाउनेहरु भीड थियो । पारीपट्टी छर्लग्ग सगरमाथा हिमश्रंखला उभिएका थिए । पाखाभरि थरिथरिका गुरा“स फुलिरहेका थिए । एकहूल जमात भने त्यही गुरास फूल्ने पाखामा कविता भन्न मस्त थिए ।
‘मेरो सघारमै तिमि आईपुगेछौ
शुभकामनाको बुकी लिएर
अनि मैले पनि तिम्रा हातहरु चुम्दै
मुसुक्क मुस्कुराए“
प्रिय नया“ वर्ष
तिमिलाई धेरै धेरै शुभकामना ’
यस्तै कविताका अंशहरु वाचन हुदा ‘वाहवाह’ भन्नेहरु चौरभरि थिए । ‘साहित्य यात्रा सगरमाथा सगसगै’ अन्र्तगत प्रगतिशिल लेखक संघ ओखलढुंगाले कविता तथा गजल प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा सोलुखुम्बु र ओखलढुंगाका कविहरुले प्रतियोगी र अप्रतियोगी दुवै किसिमका कविता र गजल सुनाए ।
कविता विधा तर्फ शम्भु राई प्रथम, कुम्भराज राई दोश्रो र डा. भेषनाथ खनाल तृतीय भए । गजल विधातर्फ विकास राई प्रथम, जीवन खत्री दोश्रो र कृष्ण चौलागाइले तृतीय भए । पुरस्कृत सर्जकहरुलाई प्रगतिशिल लेखक संघ, राष्ट्रिय समितिका अध्यक्ष प्राज्ञ मातृका पोखरेलले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरे ।
दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमश पा“च हजार, तीन हजार र एक हजार नगद पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा करिब दुईदर्जन स्रष्टाहरुले आफ्ना सिर्जना वाचन गरे । प्रगतिवादी साहित्यकार सीता शर्माले साहित्य यात्रामा सहभागी सर्जकहरुले देश प्रेम र सामाजिक विकृति विरुद्ध चेतना भर्ने सिर्जनाहरु प्रस्तुत गरेको बताइन् ।
प्रमुख वक्ता प्राज्ञ मातृका पोखरेलले साहित्य यात्रामा प्रस्तुत सृजनाहरुले राजधानी र मोफसलको घेरा तोडेको बताए । उनले अहिलेसम्मको लेखन आलोचना र विरोधमा केन्द्रित भएको भन्दै पोखरेलले अबको लेखन यात्रा समाधानको बाटो देखाउने हुनु पर्नेमा बताए । कार्यक्रममा लेखिका बाबा बस्नेत लगायतले सिर्जना वाचन गरे ।
साहित्यको विकासका लागि प्रतिभाहरु खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक सिताराम गुरुङले बताए । लेखनक्षेत्रका स्रष्टाहरुलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रमलाई निरन्तरता दिने प्रगतिशिल लेखक संघका जिल्ला अध्यक्ष युवराज दाहालले बताए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.