सिरियामा यसरी भएको थियो युद्धको सुरुवात

क्षेत्रफल करिब १ लाख ८२ हजार वर्ग किलोमिटर भएको सिरिया भौगोलिक रूपमा नेपाल भन्दा थोरै ठूलो छ। करिब ३ करोडभन्दा बढी जनसंख्या भएको देशको सीमाना टर्की, इराक, जोर्डन, इजरायल र लेबनानसँग जोडिएको छ। सिरिया सन् १९४६ मा फ्रान्सको उपनिवेशबाट मुक्त भएको थियो। याे समाचार अाजकाे नेपाल समाचारपत्रमा छापिएकाे छ ।

सिरियाको युद्ध, लामो समयदेखि असद सरकारका विरुद्ध प्रजातन्त्रको माग गर्दै गरिएको सानो प्रदर्शनबाट सुरु भएको हो। असद परिवारले सन् १९७१ बाट एकतर्फी रूपमा सत्ता सम्हाल्दै आइरहेको छ। सन् १९७० मा तत्कालीन रक्षामन्त्री हफेज अल असदले लगातार ३० वर्षसम्म शासन गरे। हफेजको मृत्यु पछि सन् २००० बाट हालसम्म उनका कान्छा छोरा बसर अल असदले सत्ता चलाउँदै आएका छन्।

सन् २०११ मार्चमा अरब मुलुकहरूका तानाशाही शासकहरूका विरुद्ध चलेको आन्दोलनका क्रममा केही किशोरहरूलाई जेलमा थुनियो र केहीको आन्दोलनका क्रममा मृत्यु पनि भयो। सोही घटना नै सिरियाको भयानक गृहयुद्धको जरो हो। सत्ताले बल प्रयोग गरि निहत्था किशोरहरूको हत्या गरेपछि त्यहाँ तत्कालै सरकारका विरुद्ध ठूला आन्दोलनहरू सुरु हुन थाले, र सिरियाका सुरक्षाकर्मीले बल प्रयोग गरी कैयौंको हत्या गरेपछि प्रदर्शनहरू देशव्यापी रूपमा फैलिन थाले र शान्तिपूर्ण प्रदर्शन सशस्त्र बिद्रोहमा परिणत हुने क्रम सुरु भयो।

शक्तिशाली देशहरू सिरियामा आक्रमण किन गरिरहेका छन ?

गत शनिबार बिहानै अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि गरेको आक्रमणको समाचारले विश्व नै चर्कायो । निर्दोष जनतामाथि रासायनिक हतियार प्रयोग गरेको आरोपमा सिरियाली राष्ट्रपति बसर असदलाई सजाय दिने चेतावनी यसअघि नै शक्तिशाली देशहरूले दिइसकेका छन्। त्यसपछि यस्तो हमला गरियो। नाटोमा आबद्ध यी शक्तिशाली राष्ट्रहरूले राजधानी दमास्कस र होम्स प्रान्त नजिकै मिसाईल आक्रमण गरेका हुन्। उनीहरूका अनुसार रासायनिक हतियारसँग सम्बन्धित क्षेत्रमा मिसाइल खसालिएको बताएका छन्।

राष्ट्रपति असादको पद धरापमा परेपछि रसियाले उनको मद्दत गर्न खाजेको थियो। आइएससँग लगातार पराजित भएपछि सन् २०१५ मा सिरियामा सन्तुलन बनाइराख्न मद्दत गरेको थियो। मस्कोले आतंकवादी मात्रै आफ्नो निशानामा रहने बताएको थियो। ६ महिनापछि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मिसन सकिएको भन्दै सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरे। सन् २०१६ मा रसियाले अत्याधुनिक हातहतियारको प्रयोग गर्दै विद्रोही संगठनलाई ध्वस्त पार्ने काम गरेको थियो। यसै सम्बन्धमा इरानले अरबौं रकम यस युद्धमा खर्चेको छ। अलाविदको दबदबा रहेको सरकारलाई बलियो बनाउन पनि सैन्य तथा आर्थिक सहयोग गरेको थियो। हतियार पनि सहज रूपमा सिरियालाई उपलब्ध गराउने तथा तेल ओसारपोसारमा समेत मद्दत गर्ने गरेको थियो।

मिडिया रिपोर्टका अनुसार हजारौंको संख्यामा इरानले सिरियामा आफ्ना सैनिकहरूलाई पनि पठाएको थियो। असादको इरान र अरबसँगको राम्रो सम्बन्धले पनि उनले धेरैभन्दा धेरै सहयोग पाइनै रहे। सिरिया तेल आयात गर्नका लागि प्रमुख ट्रान्जिट भएका कारण पनि सबैको निशानामा रहेको थियो। इरानबाट हातहतियार ल्याउनका लागि लेबनानी सिया इस्लामिसट संगठन हेजबोल्लाहको प्रमुख गन्तब्य पनि सिरिया नै बनेको थियो। जसका लागि पनि उसले सरकारलाई सहयोग गर्न हजारौं सेना सिरिया पठाएको थियो। उता अमेरिकाले भने सिरियामा भएको विनाशको जिम्मेवार राष्ट्रपति असाद भएको बताएको थियो।

सन् २०१४ को सेप्टेम्बरदेखि अमेरिकाले सिरियामा हवाइ आक्रमण गर्न सुरु गर्यो। पहिलो आक्रमण अमेरिकाले एयरबेसमा गरेको थियो। पछि सोही केन्द्रलाई केन्द्रित गरी केमिकल आक्रमण पनि भएको थियो। तर, अहिले मिसायल आक्रमणसम्म गरेको छ। अहिले सिरिया मुद्दालाई लिएर रुस र अमेरिका सम्मिलित नेटो सैनिक विरोधमा छन्। राष्ट्रपति बसर अल असदलाई सत्तामा टिकाउने रुसको स्पष्ट योजना छ। रुसले अप्रत्यक्ष रूपमा चीन र इरानको साथ लिएको छ। उता अमेरिकाको योजना भने कुनै पनि हालतमा सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउने रहेको छ। त्यसका लागि अमेरिकाले आक्रमण गरिरहेको छ। यसै कारणले सिरियाको युद्ध शक्तिशाली मुलुकहरूसँग जोडिएको विभिन्न विदेशी समाचार माध्यमहरूले उल्लेख गरेका छन्।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *