सहकारीको व्यवशायीक अल्लोखेतिबाट लाखौ आम्दानी

सोलुखुम्ब, बैसाख १३ गते । सोलुखुम्बुको एक सहकारीले व्यवशायिक रुपमा अल्लो खेति सुरु गरेको छ । महाकुलुङ ३ छेस्काममा रहेको महाकुलुङ गरिवि निवारण कृषि सहकारी संस्था लिमिटेडले ८३ रोपनी क्षेत्रफल फैलिएको जग्गामा अल्लोखेति सुरु गरि गाउमा नै प्रशोधन सुरु गरेको छ । अल्लोखेतितर्फको आर्कषण तथा स्थानीयहरुको लगानी अभावलाई मध्यनजर गरेर सहकारीले खेति थालनी गरेको हो । उक्त व्यवशायीक तथा सहकारी खेतिमा ६ सय ३८ जना सृयर सदस्याहरुको संलग्नता रहेको सहकारीका अध्यक्ष शक्ती कुलुङले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष कुलुङका अनुसार सहकारीले विभिन्न खेति तालिम, प्रशोधन तालिम, उद्यमशिलता तथा व्यवशायिकता तालिम, अल्लो धागो निकाल्ने गरि धेरै प्रकारका तालिम पनि दिईसकेको बताउनु भयो ।
सहकारीसँग पनि पर्यप्त रकम नभएकोले गरिवि निवारण कोषको २४ लाख ९७ हजार ९२५ रुपैया र घरेलु तथा साना उद्यमेग विकास समिति सोलुखुम्बुको १ लाख ६१ हजार आर्थिक सहयोगमा व्यवशायीक खेति गरिरहेको महाकुलुङ गरिवि निवारण कृषि सहकारी संस्था लिमिटेडले जनाएको छ । उक्त लगानीबाट खेति सुरु गर्नुका साथै संरक्षणका लागि तारबार, मलजल, तालिम, कपडा बुनाईको काम आदि सम्पन्न गरिएको महाकुलुङ गरिवि निवारण कृषि सहकारी संस्था लिमिटेडलले जनाएको छ । अल्लो प्रशोधनका लागि कुवा निमौण, भण्डारण केन्द्र व्यवस्था, सिँचाई आदी सबै पुर्वधार बनाई खेति सुरु गरिएको महाकुलुङ गरिवि निवारण कृषि सहकारी संस्था लिमिटेडले जनाएको छ । अल्लाको बजारको मुल्य र बजार भएकोले सामुहिक खेति सुरु गरिएको सहकारीले जनाएको छ ।
गत आर्थिक वर्षको तथ्याङ्क अनुसार आम्दानी पनि सहकारीले लिन थालेको छ । गत आर्थिक वर्षमा मात्र सहकारीले ३६ लाख २० हजार आम्दानी गरेको छ । साथै उक्त सहकारीलाई प्रहोधन गर्ने मेसिन पनि उपलब्ध भईसकेकोले धेरै सहज भईरहेको छ । घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुले १४ लाख बराबरको अल्लो प्रशोधन ईलेक्टोनिक मेसिन खरिद गरिदिएको महाकुलुङ गरिवि निवारण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कुलुङले जानकारी दिनुभयो । सहकारीले व्यवशायीक रुपमा खेति सुरु गरेपछि बरोजगारलाई रोजगार र विपन्नहरुको आयस्तरमा सुधार भएको महाकुलुङ गरिवि निवारण कृषि सहकारी संस्था लिमिटेडले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.