दोहोरिएनन् महोत्सव, औपचारिकता मै सिमित

कुम्भराज राई,ओखलढुंगा
बैसाख १३ गते । तत्कालीन प्रधानमन्त्री प्रचण्ड यहा“को ‘पोकली झरना महोत्सव २०६४’ उद्घाटन गर्न आए । उनले पोकलीलाई पर्यटकीय गन्तव्य बनाउन सरकारले सहयोग गर्ने घोषणा गरे । अझ उनले ढि“डोको परिकार खाएको चर्चा देशभरि भयो । त्यसयता पोकली झरना महोत्सवले दुईसाल सम्म औपचारिकता मात्र पायो । नाम महोत्सव भनिएपनि उत्सव सरह हुन सकेन ।
२०६६ सालको माघमा ‘रुम्जाटार सास्कृतिक महोत्सव’ भव्य आयोजना गरियो । महोत्सवका लागि आवश्यक सामाग्री र कलाकार विमान चार्टर गरेर ल्याइयो । लाखौं मूल्यको स्टेज निर्माण गरियो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल जम्बो टोली सहित महोत्सव उद्घाटन् गर्न हेलिकप्टर लिएर आए । उनले शिलान्यास गरेको ‘रुम्जाटार गुरुङ संग्रहालय’ निर्माण हुने त कुरै छाडौ“, कहा“नेर शिलान्यास भएको थियो भन्ने स्थानीयले बिर्सिसके ।
रुम्जाटार महोत्सव दोहोरिएर हुन सकेन् । २०६७ सालमा ककनी गौरीवन महोत्सवको आयोजना तामझामका साथ गरियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई उद्घाटन गराउने भनेर पूर्वतयारी गरेपनि पार्टीगत विवाद तन्किएपछि प्रधानमन्त्री आउन सकेनन् । ककनी महोत्सव नारामै सिमित भयो । अर्को सालदेखि त्यसले निरन्तरता पाएन ।
गत साल जिल्लाकै सबैभन्दा अग्लो भूभाग भनिएको ‘थोलेदेम्बा महोत्सव’को तामझाम कम्ति थिएन । राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटनका लागि देम्बा आउ“दा सुरक्षाका लागि सेनाहरु गुरा“सका बोटबोटमा चढ्नुप¥यो । पर्यटकीय पदमार्ग बनाउने र वर्षेनी हजारौं पर्यटक भित्र्याउने भाषण महोत्सव अवधिका लागि मात्र भयो । यसवर्ष महोत्सवले निरन्तरता पाएन ।
यी केही उदाहरण मात्र हुन् । जिल्लामा भएका यस्ता साना ठूला महोत्सवहरु प्रायः एकपटक आयोजना भएपछि दोहोरिन सकेका छैनन् । दोहोरिएपनि त्यसले भव्यता पाउन सकेको छैन । औपचारिकताका लागि मात्र कार्यक्रम गरिएका छन् । यसको मूल कारण आयोजना गर्दाको ऋण तिर्न नसक्नु, आयोजकभित्रै दोषारोपण गर्नु र पार्टीगत रुपले जस लिने तहमा विभाजित हुनु हो ।
‘हामीले सोचे जस्तो महोत्सव आयोजना गर्नु सहज रहेनछ् ।’ रुम्जाटार महोत्सव आयोजना गरेका स्थानीय सिताराम गुरुङले भने, ‘त्यतिखेरको तनावले अहिले सम्म छोडेको छैन । अर्को आयोजना गर्ने परकै कुरा भयो ।’ अझ थोलेदेम्बा महोत्सवका आयोजकहरु बिचमा त आयव्यय विवाद अझै अन्त्य भएको छैन । जिल्लाका सांसदहरुले आयव्यय विवरण सार्वजनिक गर्दा समेत आयोजक समितिका पदाधिकारीबिचकै किचलोले अर्को महोत्सव आयोजना गर्ने कल्पना गर्न नसकिएको आयोजक मूल समारोह समितिका संयोजक डेण्डी शेर्पाले बताए ।
महोत्सवको बेला मन्त्री र सा“सददेखि स्थानीय सम्मले सहयोग रकम उद्घोष गर्ने गर्छन् । तर कुन महोत्सवमा कति रकम संकलन भयो, कति खर्च भयो भन्ने आयोजकले सार्वजनिक गरेका छैनन् । अन्धाधुन्धमा महोत्सव गर्ने परिपाटीले लक्ष्य अनुसार निरन्तरता पाउन नसकेको सरोकारवालाको भनाई छ ।
जिल्लाभित्र रहेका हालका आठैवटा स्थानीय तहले सम्भावनाको रुपमा आफ्नो स्थानीय तहभित्र पर्यटन विकासलाई उल्लेख गरेका छन् । केही बजेट समेत विनियोजन गरेका छन् । भौगोलिक हिसाबले सोलुखुम्बुस“ग जोडिएको जिल्ला भएकोले ‘सगरमाथाको प्रवेशद्वार’ को रुपमा लिइने गरिन्छ । तर पर्यटन प्रवद्र्धन गर्ने किसिमको अपेक्षित काम हुन सकेको छैन ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.