विद्यालयमा सिसि क्यामेरा

चतुर कुलुङ
सोलुखुम्बु, बैसाख १४ गते । सोलुखुम्बुको महाकुलुङ ३ मा अवस्थित छेस्काम माध्यमिक विद्यालयले विद्यालयमा सिसि क्यमेरा जडान गरेको छ । एकान्तमा विद्यालय भएको तथा पटक पटक विद्यालयमा चोरीको प्रयास भएकोले विद्यालयले सिसि क्यामेरा जडान गरेको विद्यालयले जनाएको छ ।
छेस्काम माध्यमिक विद्यालयलाई जिल्लाको नमुना विद्यालयको रुपमा स्थापित गर्नको लागि विभिन्न शैक्षिक सामाग्री व्यवस्थापन, पुस्तकालय व्यस्थापन, कम्प्युटर कक्षा सञ्चालन लगायतको कामसँगै सिसि क्यमेरा जडान गरिएको विद्यालयका प्रधानाध्यपक गुरु प्रसाद राईले बताउनु भयो ।
विद्यालयमा सिसि क्यमेरा जडान भएसँगै विद्यालयको शैक्षिक सुधार पनि हुने विद्यालयको अपेक्षा रहेको छ । विद्यार्थीहरुको अनुशासन, शिक्षकहरुको नियमित र व्यवस्थित कक्षाशिक्षणको लागि पनि सिसि क्यमेरा महत्वपूर्ण रहने विद्यालयले जनाएको छ । यस अघि नै विद्यालयले ईलेक्ट्रिक हाजिरी जडान गरिसकेको विद्यालयका शिक्षक अभिाभावक सँघका अध्यक्ष शक्ति कुलुङले बताउनु भयो । विद्यालयका अनुसार रिड नेपालको सहयोगमा ईलेक्ट्रिक हाजिरी सुरु भएको छ भने एभरेष्ट लिङ्कको सहयोगमा सिसि क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ ।
सिसि क्यामेरा र ईन्टरनेटको सहयोगमा ‘भर्चुअल क्लास’ सञ्चालन गर्न तयारी भईरहेको विद्यालयले जनाएको छ । दुर्गम गाउँमा राम्रो शिक्षक आउन नमान्ने तथा आईहालेमा पनि लामो समय दुर्गम क्षेत्रमा नबस्ने भएपछि छेस्काम माध्यमिक विद्यालयले एभरेष्ट लिङ्क र कर्पाेरेशन फर कम्युनिटी कनेक्सनको सहयोगमा कार्याक्रम सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *