सगरमाथा आरोहण गर्ने महिला आरोही बढ्यो

काठ्माडौ, बैसाख १४ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने नेपाली महिलाको संख्या बृद्धि भएको छ । यस वर्ष ४ समुहका २० जना नेपाली आरोहीले अनुमति लिएकोमा ७५ प्रतिशत तथा १५ जना महिला रहेको पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका सुभना अधिकारी रामप्रसाद सापकोटाका अनुसार एक सिजनमा आरोहण गर्ने नेपाली महिलासको संख्या अहिलेसम्म कै उच्च हो ।
नेपाली मात्र नभई विदेशी महिलाको संख्या पनि यस वर्ष उल्लेख्य रहेको पर्यटन विभागको तथ्याङ्क छ । विभागका अनुसार १५ जना नेपाली र ४५ विदेशी गरि ६० जना आरोहीले सगरमाथा आरोहण गर्ने तयारीका साथ सागरमाथा आधारशिविर पुगिसकेको सगरमाथा आधारशिवि फोहोर व्यवस्थापन संस्था सगरमाथा प्रर्दुशन नियन्त्रण समिति नाम्चेले जनाएको छ ।
नेपाली आरोहीको ४ वटा समुह रहेकोमा २ वटा समुहमा महिला मात्रै रहेका छन् भने एक समुहमा मिश्रित र एक समुहमा पुरुष एकल रहेको सगरमाथा प्रदर्शन नियन्त्रण समिति नाम्चले जनाएको छ ।


Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.