नेपाल सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पदक विहिन

बैशाख १४,– नेपालको राष्ट्रिय भलिबल टोलीले एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा यसअघिको सफलतालाई पनि जोगाउन सकेन ।

तेस्रो स्थानका लागि कीर्गिस्तानसँग शुक्रबार भएको खेल ३–० को सेटमा गुमाएपछि नेपाल पदकबाट विमुख भएको हो । गत वर्ष नेपालले सोहि च्याम्पियनसिपमा कास्य पदक जितेको थियो । त्यो नेपाली पुरुष टोलीले प्राप्त गरेको अहिले सम्मकै ठूलो र पहिलो औपचारिक पदक थियो ।

यसपटक फाइनल सम्म पुग्ने लक्ष्यका साथ बंगलादेश पुगेको टोली अन्ततः रित्तो हात फर्कने भएको छ । नेपालले कीर्गिस्तानसँगको खेल २५–२०, २५–२२, २५–२० ले खेल गुमाएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.