सामान सस्तियो

महाकुलुङ, बैसाख १५ गते । हिमाली जिल्ला सोलुखुम्बुको सबैभन्दा विकट गाउपालिका महाकुलुङमा पहिलो पटक सडक सञ्जाल जोडिएको छ । गत फागुनको अन्तिम हप्ता सडक पुगेसँगसँगै जीप र ट्याक्टर पनि जान थालेको छ । सडक सञ्जाल र गाडी पुगेसँगै स्थानीयहरुलाई सहज भएको छ ।
महाकुलुङमा सकडसँगै मालबाहक र यात्रुबाहक साधनहरु जानथालेपछि त्यहा उत्पादित कृषि उपजहरु बाहिर जान थालेको छ । विशेष गरि महाकुलुङमा उत्पादन भएको कृषि र पशु जन्य उत्पादन बाहिर जान थालेको महाकुलुङ ५ की बत्तिरमाया राईले बताउनु भयो । राईका अनुसार महाकुलुङ उत्पादित कृषि उपजहरु काठ्मान्डौैंको अर्गानिक मार्टमा जाने गरेको हो । महाकुलुङ ४ का गमजित राईका अनुसार महाकुलुङको सिस्नुको धुलो, घ्यू, फापर, कोदो, छुर्पी आदी काठ्माडौको अर्गानिक मार्टमा जना थालेको हो । अहिले कृषकहरुले फोन मार्फत माग लिदै काठ्माडौ जिप काउउटरमा पठाउने र मार्टले काउटरबाट सामान जिम्मा लिने र सामान अनुसारको मुल्य कृषि समुहको खातामा जम्मा गर्ने भएकोले कृषि समुहले कृषकहरुको उत्पादनलाई विक्री गरिदिने गरेको हरियाली कृषि समुहका अध्यक्ष लक्ष्मण राईले बताउनु भयो ।
सडक सञ्जाल जोडिएसँगै महाकुलुङमा बाहिरबाट आयात हुने खाद्यान्नहरु पनि सस्तिएको छ । स्थानीय खुद्रा तथा होलसेल व्यापारीका अनुसार समान सस्तो भएको हो । महाकुलुङ २ का खुद्रा व्यापारी जिरमान राईका अनुसार नुन, तेल लागायत दैनिक उपभोग्य सामानको मुल्य सस्तो भएको हो । राईका अनुसार चाृउचाउ प्रति काटन ९० रुपैया, तेल प्रति लिटर १५ रुपैया, चिनी प्रतिकिलो ५ रुपैया, चामल प्रतिबोरा २०० रुपैया सस्तो भएको छ । त्यस्तै नुन प्रतिकिलो १० रुपैया, मैदा प्रतिकिलो १० रुपैया सस्तो भएको छ । पहिले भरियामार्फत ढुवानी गर्दा महँगो हुने गरेको थियो तर घर छेउसम्म गाडीले समान ढुवानी गरिदिएपछि ढुवानी सस्तो भएसँगै खाद्यान्न सस्तो भएको हो ।
यसरी कृषकहरुलाई सडक र यातायातको साधनले सहज भएपनि महाकुलुङ आएका सबै जीप तथा ट्याक्टरहरु अस्थाई पुल हुदै महाकुलुङ आएकाले कृषकहरुको चिन्ता सुरु भएको छ । दुधकोशी नदिमा ह्युम पाईप विछाएर नदि माथि बनाइएको अस्थाई सडक पानी बढेसँगै बगाउने निस्चित छ । त्यसैले बर्षातमा सामानको मुल्य बढ्ने र आफ्नो उत्पादन बाहिर नजाने भएकोले कृषकहरु चिन्तित हुन थालेका हुन् । दुधकोशीमा पुल बने महाकुलुङका स्थानीयहरुलाई सहज हुने भएकोले पुल छिटै बनाउन आवश्यक रहेको स्थानीयहरुको भनाई छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.