जहाँ खुल्ला पिसाव फेर्न पाईन्न

पानीको मुहान नै हिउँ भएकोले खानेपानीका लागि हिउ खन्दै

नाम्चे, बैसाख १६ गते । अधिकाँशले दिसाको लागि शौचालय खोजेको हुन्छ भने पिसाव एके च्याप्न थाले एकान्त भए कुनातिर पिसाव फेर्ने वानी हुन्छ तर सगरमाथा आधार शिविर त्यस्तो नभएर खुल्ला स्थानमा पिसाव समेत फेर्न पाईन्न । सगरमाथा आधार शिविरमा पानीको मुहान भनेको नै हिउ पखागर खानुपरेकोले खुल्ला ठाउमा पिसाव समेत फेर्न बन्द गरिएको सगरमाथा प्रर्दुशन नियन्त्रण समिति(एसपिसिसी)ले जनाएको छ । एसपिसिसीले दिसापिसाव सँकलन गर्न प्रत्येक आरोहण दलसँग ड्रमको व्यवस्था गरेको छ ।
सगरमाथा आरोहण सकिएपछि सगरमााथा आधारशिविरमा सँकलित दिसापिसाव लवुचेमा व्यवस्थपान गर्ने गरिन्छ । सगरमाथा प्रर्दुशन नियन्त्रण समिति (एसपिसीसी)का उपाध्यक्ष लामाकाजी शेर्पाका अनुसार वार्षिक सगरमाथा आरोहणको समयमा वार्षिक सरदर ५ टन दिसा पिसाव जम्मा हुने गरेका छ । जम्मा भएको फोहोर व्यवस्थापनका लागि फोहोर व्यावथापक तथा सँकलकहरु व्यस्त रहेको एसपिसिसीले जनाएको छ ।
सगरमाथा आधार शिविरमा फोहोर तथा फोहोरजन्य बस्नु बाहिर नफाल्नका लागि जनचेतना फैलाउन एसपिसिसीका कर्मचारीहरु ब्यस्त रहेका छन् । एसपिसिसीले सगरमाथा आधारशिविरमा जम्मा भएको दिसापिसाव लवुजेको पाखामा ल्याएर सुरक्षित तथा हिउ नपग्लिने ठाउमा गाड्ने गर्दछ ।
सगरमाथा आधार शिविर फोहोर भएमा वातावरिणय प्रर्दुशन हुने भएकोले सगरमाथा आधारशिविरमा पिसाव समेत बाहिर जथाभावि गर्न पाईन्दैन । नेपालको नदि तथा पानीको मुख्य स्रोत नै हिउ भएकोले सगरमाथा आधारशिविरमा खुल्ला ठाउमा दिसा पिसाव गरेमा पानीको स्रोत नै फोहोर हुने« भएकोले दिसा पिसाव ड्रममा गर्ने व्यवस्था गरिएको एसपिसीसीका उपाध्यक्ष शेर्पाले बताउनु भयो ।
सगरमाथा आधारशिविरमा पुग्ने जोकोहीले पनि खुल्ला ठाउमा दिसा पिसाव गरेमा हिउसँगै पग्लीएर पानी भई बग्ने र त्यहि पानी तल्लो क्षेत्रका बासिन्दाले खाने भएकोले वातावरणिय सरसफाईलाई ध्यान दिई दिसापिसाव जम्मा गर्ने गरेको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *