विद्यालयको कार्यालय समयमा फेसबुक चल्दैन

महाकुलुङ, बैसाख १७ गते । सोलुखुम्बुको छेस्काम माध्यमिक विद्यालयले कार्यालय समयमा फेसबुक र म्यासेन्जर बन्द गरेको छ । एभरेष्ट लिङ्कको सहयोगमा ईन्टरनेट जोडेको विद्यालयले १० बजेदेखि ४ बजेसम्म अरु सबै चल्ने तर फेसबुक र म्यासेन्जर नचल्ने बनाएको हो ।
विद्यार्थीहरुको कम्प्युटर शिक्षा र शिक्षकहरुको अध्यपन सहजताका लागि ईन्टरनेट जोडेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यपक गुरु प्रसाद राई भन्नुहुन्छ‘ईन्टरनेटको सहयोगमा अध्ययपनमा सहज भई शैक्षिक गुणस्तरको लागि जोडिएको हो ।’ प्रधानाध्यपक राईका अनुसार चाहिएको बस्तु र नजानेको विषयमा ईन्टरनेटमा खोज्दा पाईने भएकोले शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा रहेको छ ।
विद्यालय समयमा फेसबुक र म्यासेन्जर चल्दा शिक्षकले आफ्नो जिम्मेवारी विर्सिने सम्भावना तथा विद्यार्थीहरुले कक्षाभित्रै फेसबुक चलाउने भएकोले यस्तो तरिका अपनाईएको प्रधानाध्यपक राईले बताउनु भयो । राईका अनुसार सिस्टम मै मिलाईएकोले सबै अनलाईनहरु एकाउण्टहरु चल्ने भएपनि फेसबुक र म्योन्जर मात्र बन्द गरिएको हो ।

Recommended For You