प्रदेश नम्बर एकमा राजधानी इटहरी सार्ने विषयले हङ्गामा मच्चिन्दै

इटहरी । प्रदेश एकको राजधानी विराटनगरबाट इटहरी सार्ने मुख्यमन्त्री शेरधन राई र केही मन्त्री नै गोप्य रुपमा लागेको भन्ने खबर आएपछि यो प्रदेशमा यतीबेला हङ्गामा मच्चिरहेको छ । हाल प्रदेशको अस्थाइ राजधानी भने विराटगर हो । त्यहाँका स्थानीय भने विराटनगरमा पर्याप्त भौतिक पुर्वाधार भएका कारण यही हृुनुपर्ने तर्क छ ।

अस्थायी मुकाम रहेको विराटनगरलाई नै स्थायी राजधानी बनाउने बारेमा छलफल चलिरहेका बेला राजधानी इटहरी सार्न मुख्यमन्त्रीको गोप्य रुपमा लागेको कुराभने पुष्टी भएको छैन् ।

विराटनगरलाई नै स्थायी राजधानी कसरी बनाउन सकिन्छ भन्ने विषयमा विराटनगरमा नागरिक समाज, विभिन्न संघसंस्था, उद्योगीलगायतले छलफल बढाइरहेका बेला मुख्य मन्त्री राईसहित केही मन्त्रीले प्रदेश राजधानी इटहरीमा सार्न खोजेको कुरा सार्वजनिक भएको हो ।

यस्तै, एक नम्बर प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले राजधानी सार्ने हल्ला प्रदेश सरकारलाई असफल बनाउने प्रयास रहेको बताउनुभएको छ । राजधानी तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले सरकारले चाहँदैमा राजधानी नतोकिने भएकाले यो विषयमा आएका कुरा हल्ला मात्र भएको उहाँको दावी छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.