चरा संरक्षणको लागि मुहान निर्माण

सोलुखुम्बु, बैसाख १८ गते । गाईबस्तु र मानिसका लागि खानेपानी व्यवस्थाको लागि मुहान निर्माण तथा मर्मत गर्नु सामान्य हो । तर सोलुखुम्बुमा भने चराका लागि कुवा निर्माण गरिएको छ । सगरमाथाको प्रवेशद्धार नाम्चेबाट करिव ४ किलोमिटर सगरमाथा आधारशिविर तर्फ हिडेपछि चराका लागि स्थानीयले बनाएको कुवासँगै विभिन्न प्रजातीका चराहरुको अवलोकण गर्न पाईन्छ ।
खुम्बुपासाङ ल्हमु गाउपालिकाको वडा नं ४ मा रहेको खुम्बीयुल्ला मध्यवती क्षेत्र उपभोक्ता समितिले पर्यटन प्रर्वद्धनका लागि चरा सँरक्षण अभियान सञ्चालन गरेको चरा सँरक्षण अभियान्ता तथा खुम्बीयुल्ला मध्यवती क्षेत्र समितिका पुर्व अध्यक्ष तेन्जिङ टासी शेर्पाले बताउनु भयो । समितिले पाँच वर्ष अघिदेखि सुरु गरेको अभियान चराको संख्या बृद्धि भएको समितिले दावी गरेको छ । चरा संरक्षण अभियानमा लाग्नु भएका शेर्पा भन्नहुन्छ‘हिमाली क्षेत्र भएकोले पानीको समस्याका कारण प्रजनन, बासस्थानको व्यवस्थापन सहज भएको छ भने शिकार नियन्त्रण पनि सँगै भएकोले चराको सँख्या बढेको छ ।’
त्यस क्षेत्रमा पानी मात्र नभई समय समयमा स्थानीयहरुले चराको लागि उवा, फापर, चामल जस्ता अन्न पनि कुवा छेउछाउ छर्ने गरेका छन् । साथै मुहान नभएको स्थानमा पनि कुवा भएकोले कुवामा पानी रित्तिदा कुवामा पानी भर्नेे पनि गर्ने गरेका छन् । त्यस क्षेत्रमा बुद्ध धर्मावलम्बी बढि रहेकोले शुको संरक्षण र स्यहारलाई धर्मको रुपमा हेर्ने गरिन्छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ८६ प्रजातीका चराहरु रहेको र उक्त चरा मध्ये अधिकाँश खुम्बीयुल्ला मध्यवती क्षेत्र उपभोक्ता समितिले संरक्षित क्षेत्र घोषणा गरेको क्षेत्रभित्र नै रहेको सरगमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । खुम्बीयुल्ला मध्यवती क्षेत्रले चराको संरक्षण सुरु गरेको क्षेत्रमा निकुञ्जको पनि क्षेत्र रहेकोले त्यहाँ शिकार गर्न पूर्ण रुपमा बन्द छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.