सगरमाथा आरोहण अन्तिम चरणमा

कुम्बराज राई
गतवर्षहरुको तुलनामा यसवर्ष हालसम्म मौसमले साथ दिएको कारण सगरमाथा आरोहणका लागि गएका आरोहीहरु उत्साहित बनेका छन् । आधारशिविर पुगेर आरोहीहरुले दोश्रो शिविर सम्म पुगेर फर्किने (परिक्रमा गर्ने) काम थालिसकेका छन् ।
अब शिखर सम्मको बाटोमा डोरी टा“ग्ने काम सकिएपछि आरोहण गर्ने तयारीमा आरोहीहरु छन् । ‘दोश्रो शिविर पुगेर सकुशल आधारशिविर आईपुगेका छौ“ ।’ पिक प्रमोशन मार्फत आरोहणको लागि गएकी महिला आरोही दिकि शेर्पाले भनिन्, ‘आशा छ यसपाली हामी समयमै आरोहण गरेर फर्किनेछौ“ ।’ २२ औं पटक सगरमाथा आरोहणका लागि गएका कामीरिता शेर्पाले पनि यसवर्ष सगरमाथाको आरोहणको अवस्था ठिकठाक भएको र आफू सोमबार मात्रै दोश्रो क्याम्पबाट फर्केर आधारशिविर झरेको बताए ।
चीन तर्फको मोहडाबाट आरोहणका लागि गएकाहरुले समेत छिट्टै आरोहण गर्ने आशा रहेको बताएका छन् । चीन पट्टीको मोहडामा ८ हजार ३ सय मिटरको उचाई सम्म डोरी टा“ग्ने काम सकिसकेको आरोहणका लागि गएका झापाका आरोही अनिश लुईटेलले बताए । उनले आधारशिविरमा रहेका अधिकांश आरोहीहरुले पहिलो परिक्रमा गरि आधारशिविर आउने काम शुरु भएको बताए ।
चीन तर्फको आधारशिविर ६ हजार ५ सय मिटरको उचाईमा अवस्थित छ । करिब २ सय आरोहीले तिब्बती मोहडाबाट सगरमाथा आरोहण गर्ने अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ३८ समूहको ३ सय ६४ आरोही छन् । अनुमति लिएका ३८ समूह मध्ये ४ समूह नेपाली आरोहीको छ । चार समूहमा जम्मा २० नेपाली आरोही छन् । त्यसैगरि आमादब्लमका लागि ४ समूहमा २८ जनाले अनुमति लिएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.