सिप भएर बुद्धि पुगे पैसा नै पैसा

सोलुखुम्बु, बैसाख १९ गते । सोलुखुम्बुमा विद्यालय खुल्न थालेसँगै महाकुलुङका उद्यमी अमृत बहादुर राईको व्यस्तता बढेको छ । विगत दुई दशकयता गाउ मै उद्योग खोलेर झोला बुन्दै आउनु भएका राईको झोलाको माग बढेकोले अहिले झोला बेच्न मै भ्याईनभ्याई रहेको हो ।
किताव बोक्न मिल्ने झोला गाउ मै बुन्दै आउनु भएका राई अहिले गाउदेखि बजारसम्म व्यस्त हुनुहुन्छ । नजिककाहरु घर मै लिन आउने गरेको भएपनि धेरै वटा विद्यालयका अभिभावकसँग चिनजान नभएकोले उहा अहिले आफ्नो उत्पादन विक्री गर्न गाउ गाउ पनि डुल्न थाल्न भएको छ । राई भन्नुहुन्छ‘यो विद्यार्थीका लागि भनेर नै बुनिएको झोला भएकोले सिजनमा बेचिसक्नु पर्छ ।’ विद्यालय खुलेको मौकामा माग बढेसँगै मागभन्दा बढि उत्पादन गरिएकोले आफै बेच्न गाउ गाउ निस्केको राईले बताउनु भयो ।
ऊनी र अल्लोको मिश्रण गरेर बुनेको उक्त झोला खप्ने र सामान्य पानीले किताव नभिज्ने भएकोले पहिलेदेखि प्रयोग गरिरहनेले निरन्तर माग राखेकोले वर्षेणि २÷३ सय झोला विद्यालय खुलेको सिजनमा विक्री हुने राईले बताउनु भयो । अन्य समय भन्दा अहिले बढि माग रहेकोले आम्दानीसँगै व्यस्तता बढेको राईले बताउनु भयो ।
राईको पसल भनेको नै काँध हो । विभिन्न रङ्ग र साईजको झोला काँधमा भिडेर बेच्दै हिड्नु उहाको दैनिकी बनेको छ । काँध नै पसल बनाएरु हिड्नु भएका राईको आम्दानी पनि राम्रै भएको राईले बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *