प्राङ्गारिक मल र वानास्पातिक विषाधी मात्र प्रयोग हुने गाउँ

सोलुखुम्बु, बैसाख १९ गते । हरेक कृषकको करेसाबारीमा फरक फरक तरकारी तथा फलफुल फल्छ तर एकै प्रकारको मल र विषाधी मात्र हरेक कृषककले प्रयोग गर्छन् भन्दा अचम्म लाग्छ । तर सोलुखुम्बुको महाकुलुङ गाउपालिकाको वडा नं ३, ४ र ५ तथा साविकको छेस्काम र गुेदल गाविसका कृषकहरुले एकै प्रकारका प्राङ्गारिक मल तथा वानास्पातिक विषाधी नै प्रयोग गरिरहेका छन् । वातावरणिय प्रदुशनले मानवियय जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर गरिरहेको भन्दै महाकलुङको तीन वडाका सबै कृषकहरु लागि परेका हुन् ।
साविकको छेस्काम गाविसका २० वटा कृषि समुह र गुदेलका २६ वटा कृषि समुहले यस्तो प्रयास गरि हरेक कृषकहरुले रयायनिक मल र विषाधी किन्न प्रतिवन्ध लगाईएको महाकुलुङ ५ का कृषक सुरेन्द्र कुमार राईले बताउनु भयो । तीन वडाका ४६ वटा कृषि समुहका सबै कृषकले प्राङ्गारिक उत्पादन गरि स्वास्थ्य तरकारी खान पाउनका लागि प्रत्येक कृषकसँग वानास्पातिक विषाधी राख्ने ड्रम पनि रहेको महाकुलुङ ३ छेस्कमका कृषक कृतिधनी कुलुङले बताउनु भयो । सबै कृषकले वानास्पातिक विषधी बनाउने ड्रम खरिद गर्न नसक्ने भएकोले खरिद गर्न र वानास्पातिक विषधी बनाउन जि फाउडेशनले सबै कृषकहरुलाई तालिमको व्यवस्था गरेको जि फाउण्डेशनका कृषि प्राविधिक ईश्वर कुमार बस्नेतले बताउनु भयो ।
वानास्पातिक विषधी निर्माणको लागि सबैले बारीको छेउछाउमा वनमारा हात्तीबार, ओखर, सिमली, टिमुर, तितेपाती पनि रोपेका छन् । वानास्पातिक विषधी बनाउन सबै कृषकहरुले जानेकोले तरकारीबालीमा आईलाग्ने विभिन्न प्रकारका किटानु नियन्त्रण गर्न कृषकहरु सक्षम रहेको जि फाउण्डेशनका कृषि प्राविधिक बस्नेतले बताउनु भयो । साथै प्राङ्गारिक मल बनाउन तथा मल सुधार तथा गोठमल व्यवस्थापन सम्बिन्ध तालिम समेत दिईसकिएको जि फाउण्डेशनका कृषि प्राविधिक बस्नेतले बताउनु भयो ।
गाउमा कृषि समुह र कृषकहरुले बनाएको आचार संहिता पालन गर्नका लागि कृषि सञ्जाल पनि बनाईएको र उक्त सञ्जालले अनुगमन गर्ने तथा बजार अध्ययन गरि बजार मागको आधारमा उत्पादन गराउन भुमिका निर्वाह गरेको कृषि सञ्जालका सचिव रमिला राईले बताउनु भयो । कृषकहरुले उत्पादन गरेको तरकारीमा कुनै प्रकारका रसयान नहोस् भनेर सबै कृषकहरु तथा कृषि समुह एक भएर अभियान चलाईएको र यो अभियान चौथो वर्षमा लाग्दा सबैले आवश्यक तालिम पनि पाईसकेको कृषि सञ्जालकी सचिव राईले बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.