मानव मुत्रले कृषि उत्पादन बृद्धि

सोलुखुम्बु, बैसाख २१ गते । नेपाल कै पहिलो ईकोशान भिलेज सोलुखुम्बुको छेस्काममा मानवमुत्रको प्रयोग भएसँगै कृषकहरुको आम्दानी बृद्धि भएको छ । मानवमुत्रलाई ड्रममा सँकलन गरि त्यसैलाई तरकारीबारीमा लगाउन थालेपछि आम्दानी बढेको छेस्कामका कृषक हस्तमाया कुलुङ बताउनुहुन्छ । कुलुङका अनुसार काचै खाने तरकारीमा टिप्नेबेला लगाउनुहुदैन भने बाँकी सबैबालीमा लगाउदा तरकारी राम्रो उत्पादन हुने गरेको छ भने उत्पादन अनुसारको आयआर्जनमा पनि सुधार आएको छेस्कामका उगुवा कृषक कृतिदेवि कुलुङ बताउनुहुन्छ ।
पछिल्लो समयमा पशुपालन गर्नेको संख्या न्यून हुनुका साथै चरिचरणको अभाव भएको बेला मानव ईकोशान शौचालय निर्माण गरि मानव मुत्रलाई मलको रुपमा प्रयोग गरेर नेपाल कै नमुना गाउकोे रुपमा स्थानीयहरुले नै स्थापित गरेका हुन् । तीनवर्ष अघि ईकोशान भिलेज घोषणा भएको छेस्कामको ८ सय २६ घरमा ईकोशान शौचालय रहेको छ । सबैघरधुरीका स्थानीयहरुलाई पिसावको महत्व, फाईदा र प्रयोग गर्ने बिधि वारे अभिमुखिकरण गरि ईकोशान शौचालयबाट निस्केको पिसाव करेसाबारीमा प्रयोग गर्न थालेपछि आम्दानी बढेको कृषकहरु बताउछन् ।
ईकोशान शौचालयको प्रयोगले कृषि, स्वास्थ्य, सरसफाई, पोषण, वातावरणमा सकरात्मक परिवर्तन गरी पर्यटक प्रर्बद्धनमा समेत टेवा पुग्ने विश्वास बढेको छ । इकोसान चर्पीले कृषिमा प्रर्बद्धन भई करेसाबारीमा परिवर्तन देखिएको छेम्सिङका किरण कुलुङले बताउनु भयो ‘मानवमुत्र करेसाबारीमा लगाउने भनेपछि सुरुमा सबैजसोलाई कस्तो कस्तो लाग्थ्याो तर फाईदाको विषयमा थाहा पाउनुका साथै मानव मुत्रको प्रयोगको बारेमा तालिम लिएपछि सबैको मन बदलिएर ईकोशानको माग र आकर्षण बढेको छ ।’ बोक्सोवार ङिमा पासाङ शेर्पाका अनुसार करेसाबारीको मलका लागि खासै पशुपालन पनि गर्नु नपर्ने भएकोले राम्रो लागेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *