सोताङ टावर मर्मत नहुदा समस्या

सोलुखुम्बु, बैसाख २१ गत । सोलुखुम्बुको सोताङमा रहेको नेपाल टेलीकमको टावर विग्रेको एकहप्ता बढि भईसक्दा पनि मर्मत नहुदा सोताङ, माप्यदुधकोशी र महाकुलुङ गाउपालिकाका हजारौ स्थानीयहरु मारमा परेका छन् ।
टावरमा खरावी आएको धेरैदिन भईसक्दा पनि टेलीकमले मर्मतका लागि चासो नदिदा समस्या भएको महाकुलुङ ५ का राजधन राईले बताउनु भयो । मर्मतका लागि टेलीकमले चासो नगरेको उहाको भनाई छ । टावर विग्रेको हप्तादिन भन्दा बढि भईसक्दा पनि मर्मत नहुदा सञ्चार विहिन हुनुपरेको स्थानीयहरु बताउछन् ।
सोताङको टावरमा खराबी आएपछि सिडिएमए फोन अवरुद्ध भएको छ भने नमस्ते र ल्याण्डलाईन फोनमा भने खरावी नरहेको नेपाल टेलीकम सोताङका प्रमुख कुमार बस्नेतते बताउनुभयो । नेपाल टेलीकम सोताङका प्रमुख बस्नेतका अनुसार रेटिफायरमा खरावी देखिएकोले समस्या भएको तथा रेटिफायर नआएकोले मर्मत हुन अझै समय लाग्ने भएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.