राजधानीका १० ठाउँमा आकाशेपुल बन्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ। व्यापारिक प्रयोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो।

कामपा पूर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाका अनुसार करिब ५ करोड रुपियाँ लागतमा निर्माण हुन लागेका सबै आकाशेपुल ट्रान्सपरेन्ट हुनेछन्। कामपाले चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, कालिमाटी, गौशाला, बागबजार, त्रिपुरेश्वर, महाराजगन्ज चोक र बबरमहाल गरी १० स्थानमा आकाशेपुल निर्माण गर्न लागेको विभागीय प्रमुख थापाले जानकारी दिनुभयो। यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.