विद्युत सेवा बन्द

सोलुखम्बु, बैसाख २३ गते । आजदेखि सोलुखुम्बुको सदरमुकाम सल्लेरी एक हप्ताका लागि अन्धकार बनेको छ । विद्युत सेवा दिईरहेको सल्लेरी च्याल्सा कम्पनि लिमिटेडले बार्षिक कार्यतालिका अनुसार विद्युत लाइन मर्मत एवं सम्भारको काम सुरु गरेकोले विद्युत सेवा अवरुद्ध बनेको हो ।
सल्लेरी च्याल्सा विद्युत कम्पनीको नहर, ईन्टेक, विद्युत गृह, पेन स्टक पाईप तरवाईन आदी मर्मत तथा सरसफाई गर्नुपर्ने भएकोले एक हप्ताको लागि विद्याुत बन्द गरिएको सल्लेरी च्यल्सा विद्युत कम्पनीक विभागिए प्राुख रामेश्वर मास्केले बताउनु भयो । जिल्लाको सदरमुकाम सल्लेरी र आसपासका क्षेत्रमा सेवा प्रवाह गरिरहेको उक्त विद्युत कम्पनीले वार्षिक रुपमा सरसफाई गर्ने तालिका अनुसार पय वर्षको सरसफाई थालनी गरेको विद्युत कम्पनीले जनाएको छ । विद्युतको सबै प्रकारकार उपकरणहरु जेनेरेटर, हाईड्रोलिक गर्भनर, ट्रान्सफर्मर तथा वितरण प्रणालीको मर्मत आदी गर्नुपर्ने भएकोले एक हप्ताको लागि बन्द गरिएको विद्युत कम्पनीका विभागिय प्रमुख रामेश्वर मास्केले बताउनु भयो । विद्युत उपकरणसँगै रुखविरुवा पनि छाटकाट गरिने कम्पनीले जनाएको छ ।
विद्युत सेवा नभएपछि जिल्ला स्थित सञ्चार माध्यम, सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्थाले जेनेटर जडान गरी सेवा सुचारु गरिरहेको छ । विद्युत नहुदाँ अस्पताल, प्र्रविधि सम्वन्धी काम गर्ने व्यवसायी, कम्प्युटर ईन्स्टीच्युट, कर्सर लगायतका व्यवशाय तथा साना उद्योग मारमा परेका छन् । त्यस्तै सञ्चार सेवा प्रदायक विभिन्न रेडियोहरु, नेपाल टेलीकम, एनसेल आदीले पनि जेनेरेटरको प्रयोगबाट सेवा प्रवाह गरिरहेका सम्बन्धीत कार्यालय तथा कम्पनीले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.