सार्वजानिक यातायातको सिन्डिकेटपछि तरकारीको सिन्डिकेट हटाउँदै सरकार

काठमाडाैँ । सार्वजानिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकार फलफूल तथा तरकारी बजारको सिन्डिकेट हटाउन लागि परेको खबर आजको राजधानी दैनिकले पहिलो पृष्टमा छापेको छ ।

समाचारका अनुसार तरकारी बजारको सिन्डिकेट हटाउन सरकारले घोषणा गरेको छ । सरकारले कृषि, पशुपन्छी, भूमि व्यवस्था तथा सहकारी क्षेत्र रूपान्तरणको मार्गचित्र २०७५ मार्फत तरकारी तथा फदफूल बजारमा कायम गरिएको सिन्डिकेट अन्त्यको प्रतिबद्धता जनाएको हो ।

योसँगै सरकारले फलफूल तथा तरकारी बजारका बिचैलिया हटाउने प्रतिबद्धतासमेत जनाएको छ । कृषि, भूमि व्यवस्था तथा सहरकारीमन्त्री चक्रपाणि खनालले आइतबार मार्गचित्र प्रस्तुत गर्दै फलफूल तथा तरकारी बजारमा हुँदै आएको सिन्डिकेट हटाउन तरकारी बजारमा रहेको विभिन्न बिचैलिया प्रस्थिापन गरिने प्रतिबद्धता जनाएको समाचार छापेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.