स्थानीय तहको बजेट तर्जुमा

काठमाडौं । स्थानीय सरकारको बजेट विभिन्न ७ चरणका प्रक्रिया पूरा भएपछि मात्र बन्नेछ । साविकका स्थानीय निकाय हुँदा करिब १४ चरणका प्रक्रिया पूरा गर्दै बजेट बन्ने गरेकोमा संघीय व्यवस्थामा स्थानीय सरकारको बजेट ७ चरणका प्रक्रिया पूरा गर्दै बन्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार योजना तथा बजेटको पूर्वतयारीेदेखि कार्यक्रम स्वीकृतिसम्म गरी ७ वटा चरणमा स्थानीय सरकारको बजेट बन्ने भएको हो ।

चालू आवको बजेट कार्यान्वयनको चरणमा रहेका स्थानीय सरकारहरु आगामी आर्थिक वर्ष २०७५(७६ को बजेट तथा कार्यक्रम तर्जुमाको चरणमा पनि प्रवेश गरिसकेका छन् । तर, चालू वर्षमा अझै पनि संक्रमणकाल व्यवस्थापन भइनसक्दा मन्त्रालयलक्षित चरण तोकिएको समयावधि भित्र भने हुन सकेको पाइँदैन । स्थानीय तहमा कर्मचारी व्यवस्थापन अझै पनि हुन नसक्दा लक्षित चरण लक्षित समयभित्र हुन नसकिरहेको समाचार आजको कारोबार दैनिकमा भगवान खनालले लेखेका छन् ।

पहिलो चरणमा बजेटको पूर्वतयारी रहेको छ जसमा आयव्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण संघीय सरकारमा पेश गर्ने र संघ र प्रदेशबाट बजेटको सीमा प्राप्त गर्ने रहेको छ । यसैगरी चरण २ मा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण, चरण ३ मा बस्तीहरुका योजना छनोट, चरण ४ मा वडा तहमा योजना छनोट तथा प्राथमिकीकरण रहेको छ । यसैगरी चरण ५ मा बजेट तथा कार्यक्रम तर्जुमा, चरण ६ मा गाउँ वा नगर कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृति र सातौं चरणमा गाउँ वा नगर सभाबाट बजेट तथा कार्यक्रम स्वीकृति रहेको छ । सातौं चरणभित्र बजेट तथा कार्यक्रम प्रस्तुति रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.