म्यानचेस्टर सिटीले उपाधि उचाल्यो

बैशाख २४,(एजेन्सी) – इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले अाइतबार प्रिमियर लिग उपाधि उचालेको छ । यसअघिनै लिग उपाधि जित्ने पक्का भएको सिटीले घरेलु मैदानमा ट्रफी उठाएको हो ।
हडर्सफिल्ड टाउनसँग गोलरहित बराबरी खेल्दै सिटीले उपाधिको खुसी बाँडेको थियो । ३६ खेलमा ९४ अंक जोडेको पेप गुअार्डीअोलाको टोलीले प्रिमियर लिगमा नयाँ इतिहास रच्न भने अर्को खेल कुर्नुपर्ने भएको छ । गोलरहित बराबरीमा रोकिएका कारण अाइतबार सिटीले नयाँ कीर्तिमान बनाउन सकेन ।

सिटीले अब बाँकी रहेका दुई खेलमा एक जित हात पारे प्रिमियर लिगमा सर्वाधिक अंक बटुल्ने कीर्तिमान अाफ्नो नाम गर्नेछ ‌। यसबाहेक सर्वाधिक गोल गर्ने इतिहास रच्न मौका पनि सिटीसामु रहेको छ । सिटीले अब दुवै खेल तुलनात्मक रूपमा धेरै कमजोर टोलीसँग खेल्ने हुनाले नयाँ कीर्तिमान कायम हुने अपेक्षा गरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.