आरोहीको मृत्यू

बैसाख २४ गते । सोलुखुम्बुमा एक आरोहीको लेक लागेर मृत्यु भएको छ । ६ हजार ६ सय १९ मिटर अग्लो लवुचे पिक आरोहण गर्न गएका जापानी नागरिकको आईतबार मृत्यु भएको हो ।
खुम्बु पासाङल्हमु ४ मा रहेको लवुचे पिक आरोहण गर्न गएका ४२ वर्षिय जापानिज नागरिक कुगा टाकाहिरोको लवुचे पिकको आधारशिविरमा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
लवुचे आधारशिविरमा लेक लगेर हेलीकोप्टर मार्फत उपचारका लागि लुक्ला स्थित पासाङ ल्हमु निकोल निक्की अस्तपाल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.