सगरमाथा आरोहणका लागि बाटो निर्मााणको काम अन्तिम चरणमा

सोलुखुम्बु, बैसाख २५ गते । सगरमाथा आरोहणका लागि शिविर बसाउने सबैभन्दा माथिको स्थान ‘क्याम्प फोर’ सम्मको बाटो निर्मााणको काम सम्पन्न भएको छ । आरोहीहरु आधारशिविरबाट क्याम्प १ देखि ४ सम्म शिविर राख्ने गर्छन् । क्याम्प फोर आरोहणका लागि बास बस्ने सबैभन्दमा माथिको शिविर हो । क्याम्प चार ८ हजार मिटर उचाईमा पर्छ ।
सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोहणका लागि बाटो बनाउने आईसफल डाक्टर आङकामी शेर्पाले जानकारी दिनुभयो । सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प तीनसम्म पुगिसकेका छन् । लेक पचाउनको लागि माथि क्याम्प चारसम्मप पुगेर फेरी आधार शिविर फर्कने, क्याम्प चारसम्म जाने क्रम चलिरहने आईसफल डाक्टर शेर्पाले बताउनु भयो । यसरी आरोहीहरु माथि जाने र फर्कने हुदा एकातिर लेक पचाउछन् भने अर्काेतिर कसरत हुने भएकोले समिट गर्न सजिलो हुनेछ ।
आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले निर्माण गरेको छ भने क्याम्प दुईदेखि चारसम्मको बाटो आरोहण दलले आईसफल डाक्टरको व्यवस्था गरि निर्माण गरिरहेका छन् । क्याम्प चारदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँगिसकेपछि आरोहण सुरुहुन्छ । पर्यटन विभागका सुचना अधिकारी राम प्रसाद सापकोटाका अनुसार २० जना नेपाली सहित यस वर्ष ३ सय ४६ जनाले आरोहणका लागि अनुमति लिएका छन् । गत वर्ष ३ सय ७७ जनाले अनुमति लिएका थिए भने यस वर्ष गत वर्षको भन्दा कम हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.