एपिएफलाई बर्षको पहिलो भलिबल उपाधि

बैशाख २५,काठमाडौं– घरेलु महिला भलिबलमा अघिल्लो बर्षको सर्वाधिक सफल टोली नेपाल एपिएफ क्लबले उपाधिका साथ यो बर्षको सुरुवात गरेको छ । एपिएफले मंगलबार चौथो सस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले बर्षको पहिलो उपाधि जितेको हो ।

एपिएफले गत बर्ष १० मध्ये ९ वटा प्रतियोगिताको उपाधि जितेको थियो । अघिल्लो बर्ष शिवम् न्यु डायमण्ड कप बाहेक सबै प्रतियोगिताको फाइनलमा एपीएफले न्यु डायमण्डलाई पराजित गरेको थियो । यसपटक भने न्यु डायमण्डले तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।

यसपटक भने एपीएफले फाइनलमा नयाँ प्रतिद्वन्द्वी पाएको थियो । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको एपिएफले पहिलो सेट सहजै २५–१२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट केही प्रतिस्पर्धात्मक भएपनि २५–१९ ले जित्दै खेल २–० ले अघि बढेको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.