यसरी ब्याकअप राख्नुहोस् एन्ड्रोइड फोनमा एसएमएस

तपाई एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ र तपाईलाई आफ्नो फोनमा भएको डाटा डिलिट गर्नुपरेको छ भने तपाईलाई आफ्नो फोनमा भएका डाटाहरू कसरी ब्याकअप गर्ने भन्ने अप्सनहरूको बारेमा पनि पक्कै थाहा छ होला ।
क्लाउडको माध्यमद्वारा मोबाइल फोनमा भएका विभिन्न खालका डाटा ब्याकअप गर्न सकिन्छ र पछि आवश्यक परेको बेलामा प्रयोग गर्न सकिन्छ । तर तपाईंको इनबक्समा भएका एसएमएस ब्याकअप गर्नको लागि भने ‘थर्ड पार्टी टुल’को आवश्यकता पर्छ । त्यसको लागि गुगल प्लस्टोरमा विभिन्न अप्सनहरू पनि छन् तर कुन प्रयोग गर्ने भन्ने विषयमा पनि प्रश्न उठ्न सक्छ ।
गुगल प्लेस्टोरमा उपलब्ध लोकप्रिय एपहरूलाई तपाइर्ंको इमेलमा अटोमेटिक पहुँचको अनुमति चाहिन्छ जसले ब्याकअप आँफै बनाउँछ तर तपाईलाई यस्तो अनुमति दिन अप्ठेरो पर्छ भने तपाइसँग अर्को विकल्प पनि छ ।

तपाईको फोन फ्याक्ट्री रिसेट गर्नुपर्‍यो भने वा तपाईले नयाँ फोन लिनुभयो भने एसएमएस ब्याकअप कसरी राख्ने भन्ने चिन्ताले सताएको हुनुपर्छ । तपाईको एसएमएस ब्याकअप गरेर पछि फोनमा सेभ गर्न पनि सकिन्छ, आफैंलाई मेल गर्न पनि सकिन्छ वा क्लाउडमा सेभ गर्न पनि सकिन्छ ।

तपाईलाई आफ्नो मोबाइल फोनको एसएमएस अर्काइभ कसरी ब्याकअप गर्ने र रिस्टोर गर्ने भन्ने कुराको बारेमा सम्पूर्ण जानकारी छैन भने हामी तपाईलाई यसबारेमा जानकारी दिन दिन्छौँ ।

एन्ड्रोइड फोनको एसएसएस म्यासेजको ब्याकअप कसरी राख्ने रु

सबै एसएमएस म्यासेज ब्याकअप गर्नको लागि ‘कार्वोनाइट एसएमएस ब्याकअप एण्ड रिस्टोर’ एप इन्स्टल गर्न सक्नुहुन्छ । एप इन्स्टल गरिसकेपछि निम्न प्रक्रियाअनुसार एसएमएस म्यासेज ब्याकअप गर्न सक्नुहुन्छ ।

१। सबैभन्दा पहिले वेलकम स्क्रिनमा गेट स्र्टाटेडमा थिच्नुहोस् ।

२। ब्याकअप सेभ गर्नको लागि कन्ट्याक्ट, एसएमएसमा पहुँच दिनुहोस् र फोन कल म्यानेज गर्नुहोस् । त्यसपछि चारवटा पपअप आउँछन् सबैमा अलाउ ट्याप गर्नुहोस् ।

३। सेट अप अ ब्याकअप मा थिच्नुहोस् ।

४। तपाई एसएमएस मात्रै ब्याकअप गर्न चाहनुहुन्छ भने फोन कल्स अफ थिच्नुहोस् । तपाई एमएमएस र निश्चित एसएमएस ब्याकअप गर्न चाहनुहुन्छ भने एडभान्स्ड अप्सनमा पनि थिच्न सक्नुहुन्छ होइन भने यसलाई त्यत्तिकै छोडिदिनुहोस् ।

५। नेक्स्ट थिच्नुहोस् ।

६। टगल प्रयोग गरेर तपार्इले गुगल ड्राइभ वा ड्रपबक्स कहाँ ब्याकअप कहाँ गर्न चाहेको हो छान्नुहोस् । तपाई त्यसको लागि एक्सेस दिन चाहनुहुन्न भने योर फोनमा टगल गर्न सक्नुहुन्छ र आफैंले फाइल कपी गर्न सक्नुहुन्छ ।

७। डिफल्ट फोल्डरमै ब्याकअप गर्ने हो भने ओके थिच्नुहोस् होइन भने ब्राउज थिचेर कुन फोल्डरमा सेभ गर्न मन छ त्यसमा ब्याकअप गर्नुहोस् ।

८। यसपछि नेक्स्ट थिच्नुहोस् र पपअप आउँछ त्यसमा यस थिच्नुहोस् ।

९। तपाईले अगाडिको टगलहरूबाट ब्याकअप सेड्युल पनि राख्न सक्नुहुन्छ वा सेड्युल रिकरिङ ब्याकअप टगललाई अफ गरिदिन पनि सक्नुहुन्छ , त्यसपछि ब्याकअप नाउ मा थिच्न सक्नुहुन्छ ।

यसपछि ब्याकअप हुन थाल्छ । १३ हजार एसएमएस ब्याकअप हुनको लागि हुनका लागि ३ मिनेट भन्दा पनि कम समय लाग्छ । एकपटक ब्याकअप फाइल बनाएपछि त्यसलाई तपाईले आफ्नो कम्प्युटरमा कपी गर्न सक्नुहुन्छ वा त्यसलाई तेस्रो पक्षको सफ्टवेयरसँग लिंक नगरी क्लाउडमा सेभ गर्न पनि सक्नुहुन्छ ।

एन्ड्रोइड फोनको एसएमएस म्यासेज कसरी रिस्टोर गर्ने रु

तपाईंले आफ्नो फोनको स्पेस खाली गर्न चाहनुहुन्छ वा नयाँ फोन बोक्न चाहनुहुन्छ भने तपाईले आफ्नो एन्ड्रोइड फोनमा भएका एसएमएस म्यासेजहरू ब्याकअप गरिसकेपछि आफ्नो फोन रिसेट गर्न सक्नुहुन्छ ।

तपाईले ब्याकअप राख्नुभएको छ भने रिस्टोर गर्नको लागि ‘कार्वोनाइट एसएमएस ब्याकअप एण्ड रिस्टोर’ एप फेरि इन्स्टल गर्नुपर्ने हुन्छ । तपाईको नयाँ फोनमा वा फम्र्याट गरिएको पुरानै फोनमा निम्न विधिअनुसार एसएमएस रिस्टोर गर्न सकिन्छ ।

१। तपाईको फोनमा एसएमएस ब्याकअप कपी गरिएको पक्का गर्नुहोस् ।

२। कार्वोनाइट एसएमएस ब्याकअप एप खोल्नुहोस् र रिस्टोर गर्नको लागि वेलकम स्त्रिmनमा गेट स्टार्टेड मा थिच्नुहोस् ।

३। माथि देब्रपट्टकिो हृयामबर्गर मेनु आइकनमा थिच्नुहोस् र रिस्टोरमा थिच्नुहोस् ।

४। तपाईले लोकल कपी प्रयोग गरिरहनुभएको छ भने लोकल ब्याकअप लोकेसन मा थिच्नुहोस् होइन गुगलड्राइभ वा ड्रपबक्स प्रयोग गर्ने हो भने उचित बटनमा थिच्नुहोस् ।

५। यसले पछिल्लो ब्याकअप आँफै पत्ता लगाउँछ पत्ता लगाएन भने सेलेक्ट अनदर ब्याकअप मा थिच्नुहोस् र तपाईले रिस्टोर गर्न खोजेको फाइलमा थिच्नुहोस् । टगलहरूबाट तपाईले म्यासेज वा फोन कल के रिस्टोर गर्न चाहेको के हो छनोट गर्नुहोस् ।

६ रिस्टोरमा थिच्नुहोस् । त्यसपछि ओके थिच्नुहोस् र त्यसपछि आउने दुई पपअपमा यस थिच्नुहोस् ।
-अनलाइनखबर

Recommended For You

2 Comments

  1. What i don’t realize is if truth be told how you’re no longer really a lot more neatly-favored
    than you may be now. You are so intelligent.
    You understand thus considerably with regards to this topic, made me in my opinion consider it from so many various angles.
    Its like men and women aren’t interested except it’s something to do with Woman gaga!
    Your personal stuffs outstanding. Always handle it up! https://X0.no/2y5ua

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.