हेलीकोप्टर दुर्घटना

सोलुखुम्बु, बैसाख २६ गते । सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ । स्याङबोचे विमानस्थलमा अवतरणका क्रममा हिउमा चिप्लीदा श्रीएयरको हेलीकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सामान्य दुर्घटनामा परेको उक्त हेलीकप्टर बुधबार विहान सोलुखुम्बुकै फाप्लु विमानस्थलबाट कार्गाे लिएर स्याङबोचे गएको हो । हेलीकप्टरको अगाडिको पांग्रा भाँच्चिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ । विहानको समय भएकोले जमेको हिउमा चिप्लीदा अगाडीको पाङ्ग्रामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.