मोदीको आज दिनभरको तालिका

२८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् । भारतीय वायुसेनाको हेलिकोप्टरबाट अहिले बिहान जनकपुर विमानस्थलमा अवतरण गर्ने तालिका छ । मोदी जानकी मन्दिरमा पूजा र नागरिक अभिनन्दनपछि अाजै दिउँसो १ बजे काठमाडौं आउने तय भएकाे छ ।

मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा गरिएको छ । त्यसैले उनी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् ।

होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जानेछन् । त्यहाँ नेपाली सेनाले उनलाई सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ ।

त्यसपछि मोदी उच्चस्तरीय भेटघाटमा सक्रिय हुने बताइएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग करिब पाँच बजे उपराष्ट्रपति कार्यालय, बहादुर भवनमा भेटवार्ताकाे समय ताेकिएकाे छ ।

उपराष्ट्रपतिपछि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यतालिका छ ।

त्यसपछि उनी बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुग्नेछन् । दुई देशका समकक्षीबीच यही भेटवार्ता हुनेछ । मोदी र ओलीले अरुण तेस्रोका संयुक्तरुपमा शिलान्यास गर्ने बताइए पनि समय भने तय भइनसकेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

मोदीको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले आजै रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा सहभागी भएपछि मोदी हायातमा फर्केर बास बस्नेछन्


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन् ।

केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुग्दा प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरे ।

भारतीय प्रधानमन्त्री मोदी सवार विमान केहीबेरमा जनकपुर विमानस्थलमा अवतरण हुनेछ । त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री मोदीको स्वागत गर्ने र त्यसपछि जानकी मन्दिरमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पुजाअर्चना गर्नुका साथै रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.