भिडियो क्यामेरा सहितको चस्मा बजारमा

काठमाडौँ । फोटो र भिडियो खिच्न मिल्ने गरि चश्मामै क्यामरा भएको चश्म विक्री वितरण सुरु भएको छ । ‘स्न्याप’ नामक कम्पनीले अघिल्लो उक्त चश्माको बिक्री वितरण सुरु गरेको हो । चश्मा साना क्लिप्सहरु खिच्न र त्यसलाई स्मार्टफोनमा हालेर हेर्न सकिन्छ । ‘टेकन्युज वर्लड’ का अनुसार ‘स्पेक्ट्याकल्स स्पोर्ट’ नाम दिइएको उक्त चश्मामा ‘रे–बन’को जस्तै डिजाइन गरिएको छ । पातलो, हलुको र लगाउन पनि सजिलो यो चश्मा फेशनेवल पनि छ । यसलाई एउटा ‘वेयरेवल भिडियो क्यामेरा’ डिभाईस भन्न सकिन्छ ।

यस चश्मामा रहेको बटमलाई थिचेर १० सेकेण्ड सम्मको भिडियो र केही सेकेण्ड अझ थिचेर फोटो पनि खिच्न सकिन्छ । फोटोको रिजोल्युशन १६४२ गुणा १६४२ र भिडियो रिजोल्युसन १२१६ गुणा १२१६ रहेको छ । यति मात्रै हैन, यसमा सेकेण्ड माइक्रोफोन पनि जडान गरिएको छ । चश्माबाट भिडियो खिच्दा, निस्किने आवाज या गरिने कुराकानीलाई रेकर्ड गर्न माइक्रोफोन जडान गरिएको कम्पनीले जनाएको छ । यो चश्मा लगाएपछि मानिसको आवाज पनि सजिलै सुन्न सकिन्छ ।

कम्पनीका अनुसार यो चश्मामा जडित क्यामेरा डिभाइसलाई एक पटक चार्ज गरेपछि ७० वटा भिडियो खिच्न र त्यसलाई फोनमा ट्रान्सफर गर्न सकिन्छ । स्पेक्ट्याल्स’को केस(बटटा)लाई जार्चर डिभाइसको रुपमा उपयोग गर्न सकिने प्रविधि जडान गरिएको छ । यो पानीले नभिज्नेगरि बनाइएको छ ।

Recommended For You

3 Comments

  1. Ӏ know!? Mentioneɗ Larry. ?I wager he likes angels as
    a resսlt of he has them aroᥙnd all the time. Perhaps he and the angels play family video
    games like we d᧐ sometimes. Possibⅼy tһey play Monopoly.?

    This made M᧐mmy chortⅼe гeally hard.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.