आईपीएलमा सन्दीपको डेब्यू

वैशाख २९ – सन्दीप लामिछानेले आईपीएल क्रिकेटमा डेब्यू गरेका छन् । यससँगै उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । दिल्ली डेयरडेभिल्सले आफ्नो १२ औं खेलमा सन्दीपलाई डेब्यू गराएको हो । २० लाख भारुमा अनुबन्ध भएका सन्दीपलाई ११ वटा खेलसम्म मौका पाएका थिएनन् ।

तर, लेग स्पिनर सन्दीपको खेल हेर्न भने अझै केही घण्टा पर्खिनुपर्नेछ । किनभने टस हारेर दिल्लीले पहिले ब्याटिङ गरिरहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.