कर्मचारी मान्दै मान्दैनन्

काठमाडौं । दुर्गम क्षेत्रका स्थानीय तहमा निजामती कर्मचारीले जान मानेका छैनन् । दुर्गम क्षेत्रका स्थानीय तहमा कामकाज गरेका अधिकांश कर्मचारीले सुगम स्थानीय तहमा मात्र काम गर्न सरकारसँग निवेदन दिएसँगै दुर्गम स्थानीय तहमा काम गर्ने कर्मचारीको अभाव हुने भएको हो ।

सरकारले गत वैशाख १९ गतेभित्र १५ दिनको सार्वजनिक सूचना जारी गरी स्थानीय तहमा कामकाज गर्न कार्यालय रोज्ने समयावधि निर्धारण गरेको थियो । त्यस समयसीमाभित्र निवेदन दिने अधिकांश कर्मचारीले सुगम क्षेत्रका स्थानीय तहमा काम गर्न पाऊ भनी माग गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म मन्त्रालयमा १६ जिल्लाबाट कर्मचारीको निवेदन संकलन भई मन्त्रालयमा आएको छ। निवेदन आएका अधिकांश जिल्लाका कर्मचारीले सुगम स्थानीय तह मात्र रोजेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.