अलैची विरुवाको बजार अभाव

सोलुखुम्बु, बैसाख ३० गते । सोलुखुम्बुको सोताङका कृषकहरुको अलैचीको विरुवाले बजार नपाएपछि कृषकहरु चिन्तित बनेका छन् । सोताङ गाउपालिकाभित्र धेरै उत्पादन भएपनि कतै माग नभएको कृषकहरु बताउछन् । साथै आफुलाई आवश्यक अलैचीको विरुवा सबैजस्तो अलैची उत्पादकले रोपेको हुदा व्यवशायीक रुपमा विरुवा उत्पादन गर्नेको विरुवाले बजार नपाएको सोताङ ४ का विरुवा उत्पादनक जसमा राईले बताउनु भयो ।
सोताङ गाउपालिका कृषि शाखाका प्रमुख उपेन्द्र ठाकुरका अनुसार विरुवा उत्पादन धेरै भएपनि माग कतै नरेहकोले बजार नभएको हो । ठाकुरका अनुसार सोताङ गाउपािलकाभित्र मात्र २० लाख अलैचीको विरुवा यस वर्ष बेच्न लायकको रहेको छ । जिल्लको अन्य गाउपालिकामा पनि उतिकै उत्पादन रहेकोले बजारमा माग नरहेको कृषक तिल संकर बस्नेत बताउनुहुन्छ ।
विगतका वर्षमा प्रति बोट २० रुपैयासम्म कारोबार भएको अलैचीको विरुवा यस वर्ष ५ रुपैउामा पनि विक्री नहुने तथा यस वर्ष बेच्न लायकको विरुवा बेच्न नसकेको उखेलेर फाल्नुपर्ने अवस्था रहेको सोताङका अर्का कृषक बुद्धिमान तामाङ बताउनुहुन्छ । तामाङसँग मात्र ४ लाख विरुवा रहेको छ भने उहाँजस्ता अरु पनि व्यवशायी रहेकोले विरुवा विक्रीको चिन्ता सुरु भएको कृषक तमाङले बताउनु भयो ।
पहिले जिल्लामा माग धेरै हुदा बाहिरबाट अलैचीको विरुवा ल्याउने गरेको थियो । जिल्लाको माग देखेर खेति सुरु गरेका कृषकहरु मारमा परेका छन् । सोताङमा मात्र नभई अन्य क्षेत्रमा पनि उतिकै उत्पादन हुन थालेकोले आफ्नो अलैचीको विरुवा खरिद गाराउन मुस्किल भएकोले कृषकहरु बताउछन् ।

Recommended For You

2 Comments

  1. Іf job seсurity is excessiѵe on your checklist of priorities, that is anotther issue tha isnt
    supplied by freelаncing. Many indivіiduals need to be aѕѕured of regulaг earnings, at a price that theyll rely on, as a way to hold their biⅼls annd on a regular basis ⅼiving bills as much as date.
    Freelancing wont рrоvife the jobƄ and earnings security that you wоuld have from being on the
    ѡorkers of a legislation firm.

Leave a Reply

Your email address will not be published. Required fields are marked *